काठमाडौँ ३ फागुन०७३/राजधानीको कपनमा रहेको पायोनियर पब्लिक स्कुलले २७ गते बिहिबारबाट सुरु भएको चौथो पायोनियर उपत्यकाब्यापी अन्तर विद्यालय प्रतियोगिता तथा तेश्रो पायोनियर खुल्ला ब्लिज बुद्धिचाल प्रतियोगीता यहि शनिबार एक कार्यक्रमका विच सम्पन्न गरेको छ । काठमाडौँ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धुर्बराज न्यौपानेको प्रमुख आतिथ्यततामा सम्पन्न भएको उक्त कार्यक्रमा विजेता विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा प्याब्सकका अध्यक्ष बाल कुमार गुरुङ, प्याब्सकका महासचिव गेन्द्र लामा लगायत समाजका प्रतिष्ठित ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।
स्कुलको आफ्नै प्रांगनमा गरिएको उक्त प्रतियोगितामा ११० विद्यार्थीहरु सहभागि भएका थिए । शुक्रबार विजेता विद्यार्थी खेलाडीहरुको टुंगो लागेको हो ।विजेता हुनेमा जुनिएर छात्र तर्फ पहिलो भएका छन अन्नपुर्ण स्कुलका छात्र पवेश लामा, दोश्रो दिपज्याती स्कुलका छात्र जनिल मिया, तेश्रो पायोनियर स्कुलका छात्र मन्दिप राई । यसैगरी जुनिएर छात्रा तर्फ पहिलो पायोनियर स्कुलकी छात्रा सुप्रिया बुढाथोकी, दोश्रो ग्रिनल्याण्ड स्कुलकी छात्रा समृद्धि पाण्डे र तेश्रो अन्नपुर्ण स्कुलकी छात्रा नेहादास बानिया भएकी छिन ।
सिनियर छात्र तर्फ पायोनियर स्कुलका छात्र बिराज पुडासैनी पहिलो भएका छन् भने दोश्रो पायोनियर स्कुलका छात्र सौरभ पोखरेल र तेश्रो कन्चनजंगा स्कुलका छात्र प्रमित अमात्य भएका छन ।सिनियर छात्रा तर्फ पायोनियर स्कुलकी छात्रा आभा पुडासैनी पहिलो भएकी छिन भने दाश्रो पायोनियर स्कुलकी छात्रा अनिशा न्यौपाने र तेश्रो त्रियोग स्कुलकी छात्रा तेजास्वीनि लामा भएकी छिन ।कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि न्यौपानेले तथा प्याब्सकका अध्यक्ष गुरुङले चेसको महत्व तथा समग्र खेलकुदमा पायोनियरको भुमिकाबारे सकारात्मक धारणा राख्नु भयो ।विद्यार्थीको चौतफि विकासका लागि हामी सदैब लागि रहने छौँ स्कुलका फाउण्डर/प्रिन्सिपल राजन श्रेष्ठले बताउनु भयो ।