0 COMMENTS

काठमाडौँ, २ फागुन०७३/ राष्ट्रिय प्रजातन्त्र पार्टीले संवैधानिक राजसंस्थासहितको प्रजातन्त्रलाई वैचारिक आधारस्तम्भका रुपमा स्थापना गर्ने भएकोे छ ।

पार्टी केन्द्रीय कार्यसम्पादन समितिको आज भएको बैठकमा केन्द्रीय अध्यक्ष कमल थापाले प्रस्तुत गरेको राजनीतिक कार्यपत्रमा परिमार्जनसहित संवैधानिक राजसंस्थाका पक्षमा जनमत निर्माण गर्ने निर्णय भएको प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए । पार्टीले अवलम्बन गरेको सनातन हिन्दू राष्ट्र नेपाल कायम गराउनेलगायत कार्यदिशालाई पनि बैठकले पारित गरेको छ ।

संवैधानिक राजसंस्थाका विषयलाई पार्टीको महाधिवेशनमा छलफल गरी निर्णय लिइनेछ । तत्कालीन राप्रपा र राप्रपा नेपालको गत मङ्सिर ६ गते भएको एकीकरणमा राजसंस्थाको विषय महाधिवेशनबाट टुङ्गो लगाइने समझदारी गरिएको थियो ।

बैठकमा राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले प्रस्तुत गरेको आर्थिक कार्यपत्रमार्फत जनपक्षीय उदारवाद नेपालको अर्थ राजनीतिको आधार हुनुपर्ने निष्कर्ष निकालिएको छ । पार्टीले अङ्गीकार गरेको आर्थिक उदारवादमा नवसामन्तवाद, आर्थिक शोषण र यसले प्रोत्साहन गरेको भ्रष्टचारविरुद्व केन्द्रित हुने आधार तयार गरिएको छ । आइतबारदेखि सुरु भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक मङ्गलबार बिहान पुनःबस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।