0 COMMENTS

काठमाडौं, २ फागुन०७३/कपिलवस्तु पकडी क्षेत्रमा विवाहका लागि टीकाटालो गर्ने तयारीमा रहेकी एक युवतीलाई सामूहिक बलात्कार गरिएको छ ।बलात्कारमा संलग्न व्यक्तिले बलात्कार गर्दै गरेको भिडियो खिची इन्टरनेटमा अपलोडसमेत गरेको पाइएको छ।

टीकाटालोको एक दिनअघि १७ वर्षीया ती युवतीलाई खेतमा लगी सामूहिक बलात्कार गरिएको हो । आज सोमबार उनको टीकाटालो हुँदै थियो।लुम्बिनी अञ्चलका एसएसपी दिपक थापाले सो घटनामा ६ जना युवाको सहभागिता रहेको भन्दै दुई जनालाई पक्राउ गरिएको जानकारी दिए।

पक्राउ पर्नेमा पकडी क्षेत्रका राहत हुसैन र अब्दुल रसिद छन्। उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।पक्राउ परेकालाई जबरजस्ती करणी मुद्दाअन्र्तगत अनुसन्धान भइरहेको छ। आज प्रकाशित राजधानी दैनिकले खबर छापेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।