0 COMMENTS
Capture
नारायण अधिकारी

काठमाण्डाै,१फागुन०७३/१८ बर्ष अघि हत्या गरी फरार रहेका नारायण अधिकारी भन्ने नारायण बहादुर अधिकारी भन्ने जीवन बहादुर अधिकारी लाइ  रेड नोटीस जारी भएकोमा साउदी अरब प्रहरीको सहयोगमा  साउदी अरबबाट पक्राउ गरेकाेछ ।

मिति २०५५ साल कार्तिक ११ गते जिल्ला कास्की सिद्ध गा.बि.स. वडा नं. ७ बस्ने शिबराज थापा सुयलले गाँऊ नजिकैको वनमा घाँस दाउरा लिन गएको वेला अाफ्नी श्रीमति इन्दिरा अधिकारीलाई अभद्र ब्यबहार गरेको भनी तत्काल श्री सिंहनाथ गण, चारआली ब्यारेक झापामा सिपाही पदमा कार्यरत नारायण अधिकारीले आफ्नै श्रीमतीबाट फोन जानकारी पाएकोले कार्तिक १२ गते घरमा आई घरमा बसी पुन: आफ्नो ब्यारेकमा हाजिर हुनका लागि फर्कने क्रममा कार्तिक १५ गते बिहान बिद्री खोला भन्ने ठाउँमा शिबराज थापा सुयलसंग भेट हुदा निजसंग भएको बिबादमा नारायण अधिकारीले साथमा भएको खुर्पा प्रहार गरी शिबराज थापा सुयलको हत्या गरेका थिए ।वारदात पछि नारायण अधिकारी शरिरमा लागेको रगत खोलामा पखाली ब्यारेकमा हाजिर भएको भन्ने अनुसन्धानबाट खुल्न आएको थियो ।

सोही घटनाका सम्बन्धमा सेनाको हिरासतमा रहेका बखत मिति २०५६/११/२७ गते राती भागी फरार भएका प्रतिबादी नारायण अधिकारीले आफ्नो नाम परिवर्तन गरी जिवन बहादुर अधिकारीको नाममा कास्की जिल्ला प्रशासन कार्यालयबाट मिति २०६८/०३/१४ मा दोहोरो नागरिकताको प्रमाण-पत्र र राहदानी विभाग काठमाडौंबाट मिति २०६८/०३/३१ गते राहदानी प्राप्त गरी मिति २०७०/०२/११ गते वैदेशिक रोजगारीको लागि साउदी अरब गएको जानकारीका आधारमा यस ब्यूरोको पहलमा मिति २०७३/०२/२४ (६ जुन २०१६) गते निजको नामको रेड नोटीस जारी भएकोमा साउदी अरब प्रहरीको सहयोगमा सोही मुलुकबाट पक्राउ परेका हुन् । पक्राउ परेका निजलाई फैसला कार्यान्वयनको लागि यस ब्यूरोको टोलिले मिति २०७३/१०/२९ गते साउदी अरबबाट नेपाल ल्याई प्रहरी प्रधान कार्यालयकाे केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगंज, काठमाडौं दाखिला गरेको छ ।

नीज नारायण अधिकारीलाइ  कर्तव्य-ज्यान मुद्धामा कास्की जिल्ला अदालतको मिति २०५७/०१/१९ गतेको फैसलाले  सर्वश्व सहित जन्म कैदको सजाय हुने गरी फैसला सुनाएकाे थीयाे ।

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।