0 COMMENTS

काठमाडौँ, १ फागुन०७३ / नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले माओवादीले संचालन गरेको १० बर्षे लामो युद्धका क्रममा भएका कमीकमजोरी र दुःखकष्टहरुप्रति क्षमायाचना गरेका छन्।

फागुन १ गते तत्कालिन माओवादीले जनयुद्द सुरु गरेको दिनको अवसरमा सन्देश दिँदै डा. भट्टराईले पहिलोपटक औपचारिक र सार्वजनिक रुपमा क्षमा मागेका हुन्।

‘नेपालमा युगौंदेखि कायम रहँदै आएको सामन्ती उत्पीडनकारी राज्यव्यवस्थालाई अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्रसम्म पुर्याउने क्रममा१९९७ आसपासदेखि चल्दै आएको लोकतान्त्रिक आन्दोलनलाई उच्चतम विन्दुमा पुर्याउन युगान्तकारी भूमिका खेल्ने महान् जनयुद्धलाई नेपाली इतिहासले लामो समयसम्म स्मरण गरिरहनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु,’ माओवादीका पूर्व वरिष्ठ नेता समेत रहेका भट्टराईले भनेका छन् -‘जनयुद्धको शुरूदेखि अन्त्यसम्म महत्वपूर्ण नेतृत्वदायी अंगमा रहेर काम गरेको एकजना जिम्मेवार अभियन्ताको नाताले जनयुद्धका उपलब्धि र सबल पक्षका साथसाथै यसका कमिकमजोरी र दुर्बल पक्षको पनि आफ्नो हिस्साको जिम्मेवारी लिदैं यस ऐतिहासिक अभियानका क्रममा पर्न गएका दु:खकष्ट र हानिनोक्सानीप्रति सम्वन्धित सबैसंग क्षमायाचना गर्न चाहन्छु ! जनयुद्धको जगमा स्थापिBaburam-Bhattaraiत संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै देशलाई तीव्र विकास र समृद्धिको दिशामा लैजान नयाँ आधारमा एकताबद्ध बन्न सबैमा हार्दिक अपिल गर्दछु।’

तत्कालीन नेकपा (माओवादी) ले २०५२ साल फागुन १ गते नेपालमा जनयुद्ध सुरु गरेको थियो। दश वर्ष लामो युद्धको २०६३ सालमा शान्ति सम्झौतासहित अन्त्य भएको घोषणा गरिएको थियो। माओवादी आन्दोलनसम्बद्ध विभिन्न पार्टीहरुले जनयुद्धको सुरुवात भएको दिनलाई ‘जनयुद्ध दिवस’का रुपमा मनाउँदै आएका छन्। युद्धकालमा माओवादीको जनसरकार प्रमुख भएका भट्टराई माओवादीबाटै देशको प्रधानमन्त्री समेत भएका थिए । तर, अहिले माओवादलाई छाडे उनी नयाँ पार्टी स्थापना गर्ने अभियानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।