0 COMMENTS

काठमाडौँ, १ फागुन०७३ / ठुलोसिरुबारीको माझी गाउँमा एकिकृत बस्ती बन्ने भएको छ । भूकम्प गएको २१ महिनापछि पनि टहरामा कष्टमय जिवन गुजारिरहेका ६३ माझी परिवारको लागि अभिनेत्री श्वेता खड्का र अन्य केही सहयोगी हातबाट माझी गाउँ एकिकृत बस्ती बसाउने अभियान गरिने भएको हो।

शनिबार ठुलोसिरुबारी माझी गाउामा पुगेकी अभिनेत्री खड्काले माझी गाउँमा सुविधाजनक एकिकृत बस्ती बनाउने प्रतिबद्धता जनाएकी छिन् । ‘माझी गाँउको मुहार फेर्न बस्ती बसाउने अभियान थाल्न लागेका हौं,’ उनले भनिन, ‘यसैको लागि तपाईंहरुलाई भेट्न आएको हौं । अब चाँडै बस्ती निर्माणतर्फ लाग्नेछौं ।’ उनले स्वागातार्थ बसेका माझी परिवारलाई आवासदेखि अन्य सुविधा समेत उपलब्ध गराउने योजना रहेको जानकारी दिइन्।

हालसम्म माझी बस्तीमा आर्थिक अभावमा कसैले पनि घर बनाउने काम थाल्न सकेका छैनन् । ‘पहिलो किस्तामा पाएको पचास हजार भत्किएको घडेरी सम्याउँदै सकियो । घर कसरी बनाउनु रु’ सुकुली माझीले भनिन्, ‘आर्थिक अभावमा घर बनाउन सकेको छैनौं ।’

उक्त क्षेत्रका बासिन्दाको जिविकोपार्जनको मुख्य स्रोत भनेको कृषि हो । तर त्यसबा महिनादिन खान पनि खान नपुग्ने भएपछि उनीहरु समस्यामा परेका थिए । हाल सहयोगी हात र अभिनेत्रीको पहलमा एकिकृत बस्ती बस्ने भएपछि माझी बस्तीमा खुशीयाली छाएको छ।

भूकम्पपछि टहरामा जिवन गुजारिरहेका सीमान्तकृत जाती माझीगाउँको ६३ परिवारलाई आवासको आवश्यकता भएकोले जिल्लाभर पुनर्निर्माणको चरण अगाडि बढीरहेको बेला सामूहिक रुपमा बस्ती बनाउने योजना थालेको एकिकृत बस्तीका अभियानमा लागेका सहजकर्ता यज्ञराज कार्की बताउँछन्।

शहरी विकास तथा भवन डिभिजन कार्यालयले माझी गाउँमा भौगोलिक अनुगमन गरेर एकिकृत बस्ती बनाउन अनुमति दिइसकेको छ । सरकारले दिने अनुदानले घर बनाउन नपुग्ने भएपछि माझी परिवार अन्योलमा परेका थिए।

’अभिनेत्री श्वेता गाउँमै आएर सामूहिक आवास बनाइदिने प्रतिबद्धता जनाएपछि माझी गाउँ खुशीले उचालिएको छ,’ ठुलोसिरुवारी माझीगाँउका स्थानीय दिनेश माझीले भने, ‘एकिकृत बस्ती बसाउने खबर पाएसंगै हामीमा पुनस् घरमा बस्न पाइने आश जागेको छ।’

सदरमुकामको नजिकै रहेपनि कोल्टेमा परेको माझी बस्ती वरिपरी पानीको समस्या हुने गरेको छ । पशु पालन, कृषि प्रमुख पेशा रहेको माझी बस्तीमा सवारी साधन पुगेपनि स्वास्थ्य चौकी, गाविसको सुविधा पाउन घण्टौं हिँड्नुपर्ने बाध्यता रहेको स्थानीय बताउाछन् । बस्ती बन्ने भएपछि अभिनेत्री श्वेतालाई माझी परिवारले भव्य स्वागत गरेका थिए।

हास्य कलाकार धुर्मुस सुन्तलीले निर्माण गरेको मेलम्ची गिरानचौर सामूहिक एकिकृत बस्तीपछि जिल्लाभर १८ भन्दा बढी एकिकृत बस्ती बन्न थालेका छन् । मेलम्ची बासबारी, ठुलोसिरुवारी माझी गाउँ लगायत विभिन्न स्थानमा एकिकृत बस्तीको अभियान सुरु गरिएको छ।

मेलम्चीको बासबारीमा एकसय पचास एकिकृत आवास बनाउने काम सुरु भइसकेको अभियन्ता गणेश तिवारीले जानकारी दिए। हप्ता दिन अगाडि मात्रै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिइओ गोविन्द पोखरेलले एकिकृत बस्तीको शिलन्यास गरेका थिए। आज प्रकाशित कान्तिपुर दैनिकले खबर छापेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।