0 COMMENTS

 गोरखा२९,माघ०७३/नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तोकिएकै समय भित्र तीन वटै निर्वाचन हुने बताएका छन् । स्थानीय चुनाव भने प्रचण्ड नेतृत्वको वर्तमान सरकारले गराउने उनले बताए ।

‘२०७४ माघ भित्र तीन वटै निर्वाचन हुन्छ’, नेपाली कांग्रेस क्षेत्र नम्बर दुईले शनिबार पालुङटार स्थित ठाटी पोखरी बजारमा आयोजना गरेको आमसभामा उनले भने, ‘चुनाव गराउने दायित्व कांग्रेसले पुरा गरि छाड्छ ।’

तोकिएको समयमा चुनाव नभए देश संवैधानिक संकटमा फस्ने उनले बताए । संविधान कार्यान्वयनका लागि पनि चुनाव गर्नु पर्ने देउवाको भनाइ थियो । ‘वर्तमान सरकारले नै स्थानिय तहको चुनाव गर्छ’, सभामा सहभागी कार्यकर्तालाई निर्देशन दिदै उनले भने, ‘चुनावको तयारी थाल्नुस् ।’

उनले संविधान संशोधन गरेर मधेसवादी दललाई सहमतिमा ल्याउने प्रयास भइरहेको बताए । संविधान संशोधन भए मात्र तराई, पहाड र हिमालको एकता हुने उनले बताए ।कार्यक्रममा स्वास्थ्य मन्त्री गगनकुमार थापाले चुनावी महौल बनाउन गाउँगाउँमा जानुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।