0 COMMENTS

दिपेन्द्र सारू,मगर,दाङ,माघ२९/घोराही नवलपुरमा जारी मध्यपश्चिम व्यापारिक, साँस्कृतिक एवं पर्यटन महोत्सबमा आज पनि बिभिन्न कार्यक्रमहरु भएका छन् । बढ्दो लागु औषध प्रयोग बिरुद्ध र ट्राफिक नियमका बारेमा सचेतना जगाउने उद्देश्यले नवलपुरमा महोत्सबको आयोजना गरिएको हो । लागु औषध दुव्र्यसनी बिरुद्ध, ट्राफिक नियमको सचेतना र खेल मैदान निर्माणमा सहयोग पुर्याउने उद्देश्यले नव जागरण नेपाल दाङको मुख्य आयोजना र नवलपुर युवा क्लवको सह आयोजनामा महोत्सव सञ्चालन भईरहेको छ ।

साथै आज पनि बिभिन्न सास्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ । आज गायक तथा मोडेल दुर्गेश थापा, गायिका सलिना गहतराज बिसी, मोडेल मुना थापा मगर, राजेन्द्र भट्ट, धुब्र कमेडि, आयुशा राई, रोशिना लामिछाने, समिक्षा पौडेल, रोहन वलि लगाएतका कलाकारहरुको प्रस्तुति रहेको छ । कृर्षि ब्यापार तथा पर्यटनको आधार, मध्यपश्चिमको बिकासको पुर्वाधार भन्ने नारासहित यहि माघ २७ गतेदेखि सुरु भएको महोत्सव फागुन ९ गते सम्म चल्ने छ । महोत्सवमा हिजो देखि साँस्कृतिक कार्यक्रम संगै सचेतनामुलक कार्यक्रमहरु शुरु भएको छ ।।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।