0 COMMENTS

काठमाडौं२९,माघ०७३/ तपाईँले अमेरिकाको भिसाका लागि दुतावासमा भिसा निवेदन दिनुभयो र अमेरिकी दुतावासका कर्मचारीहरुले तपाईको फेसबुक लगायत अन्य सामाजिक सञ्जाल एकाउन्टको पासवर्ड मागे भने अचम्म नमान्नु होला ।

अमेरिकाको होमल्याण्ड सेक्युरिटी सेक्रेटरी (मन्त्री) जोन केलीले मंगलबार भिसा निवेदकहरुको पृष्ठभूमि परिक्षण गर्ने उद्देश्यले भविष्यमा यस्तो व्यवस्था गर्न लागेको बताएको समाचार संस्था एएफपीले जनाएको छ ।

यो कदम सुरक्षाको हिसावले चुनौती खडा गर्ने खालका व्यक्तिहरुलाई भिसा दिने कामबाट बञ्चित गर्न अमेरिकी सम्भावित आगन्तुकहरुको परिक्षणलाई कडा बनाउने उद्देश्यले अमेरिकाले लागु गर्ने तयारी गरेको केलीले बताएका छन् ।

उनले यो कदम खासमा सात मुस्लिम देशहरु इरान, इराक, लिबिया, सोमालिया, सुडान, सिरिया र यमनका सम्भावित आगन्तुकहरु जो उनिहरुको देशले पनि कमजोर पृष्ठभूमिको भनेर चित्रित गरिएकाहरुका लागि अहिले बिचारणिय भएको बताए ।

“हामी केही परिस्कृत वा केही अतिरिक्त परिक्षणको बारेमा विचार गरिरहेका छौँ,” अमेरिकी कंग्रेसको आन्तरिक सुरक्षा समितिको सुनवाईका क्रममा मन्त्री जोन केलीले भने, “हामी उनीहरुको सामाजिक सञ्जालको जानकारी पासवर्डसँगै माग्ने व्यवस्था गर्न सक्छौँ ।”

“वास्तममै यि सात देशका मानिसको ती देशमा परीक्षण गर्ने काम कठिन छ । तर यदि उनीहरु अमेरिका आउँछन् भने उनीहरुबारे हामी थाहा पाउन चाहन्छौं । उनीहरु कुन वेबसाइट हेर्छन् ? र हामीलाई तपाईहरुको सामाजिक सञ्जालको पासवर्ड दिनुस् ताकी तिनीहरुले इन्टरनेटमा के गर्छन् हामी हेर्न सकौं । यदि उनीहरु यसमा सघाउन चाहँदैनन् भने उनीहरु यहाँ आउँदैनन,” उनले भने ।

तर केलीले यस बारेमा अहिलेसम्म कुनै निर्णय नभएको भन्दै भिसा दिने नदिने बारे निर्णय गर्न लामो समय अवधी लागे पनि भविस्यमा कडा परिक्षण हुनेमा भने जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।