0 COMMENTS

Captureविराटनगर, २९ माघ / विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य जयराज लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।
गच्छदारको संरक्षणमा रहेका लिम्बुलाई ज्यान मार्ने उद्योगमा सामेल भएको भन्दै प्रहरीले पक्राउ गरेको हो ।
मोरङ बयरवन ७ का शेखर राईलाई ज्यान मार्ने उद्योग गरेको अभियोगमा नेता लिम्बुलाई सुनसरीको इटहरीबाट केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)को टोलीले शुक्रबार पक्राउ गरेर झुम्कास्थित क्षेत्रीय कारागार पठाएको छ । उक्त अभियोगमा सर्वोच्च अदालतले पाँच वर्ष सजाय सुनाएको थियो । आजको दैनिक खबरमा समाचार छ |

०५२ सालमा बयरवन ७ स्थित सांग्रिला हाइभिजन हलमा चलचित्र हेर्दै गरेका राईलाई जरुरी काम छ भनी हलबाट बाहिर निकालेर लिम्बुसहितको टोलीले खुकुरी प्रहार गरेको थियो । सो मुद्दामा लिम्बुसहित टंक पराजुली र ठाकुरसिंह लिम्बुलाई सर्वोच्च अदालतले २०६६ भदौ १ गते जनही पाँच वर्ष कैद फैसला गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।