0 COMMENTS

काठमाडौं, २९ माघ०७३/नेपाल टुक्र्याउने उद्धेश्यसाथ गत पुस १९ गते भारतको पटनामा भएको बैठकपछि नेपाली सेनाले विभिन्न मोर्चामा सक्रियता बढाएको छ । उक्त खवर आए लगत्तै प्रधानसेनापति राजेन्द्र क्षत्रीले पूर्व प्रधानसेनापतिहरुसँग परामर्श गरे भने प्रधानमन्त्रीलाई भेटेर राष्ट्रिय सुरक्षामा संवेदनशील हुन आग्रह गरे ।

तर, सत्तारुढ दल सम्बद्ध मिडिया र तिनका नेताले पटना खवरलाई फासफुस बनाएर छोप्दै खवरवारे चासो राख्ने एमाले उपाध्यक्ष भीम रावल बिरुद्ध नकारात्मक प्रचार गरे । आखिर पटनामा बिखण्डनकारी बैठक भएको पुष्टि भयो र नेपाली सेनाले आफ्नो सक्रियता झन् बढायो ।

सेनाले पछिल्लो समय मुलुकभित्र बिकसित केही घटना र बाह्य समुदायद्वारा बढाइएको अनावश्यक चासो र हस्तक्षेपका बारेमा गम्भीर समीक्षा गर्दै आएको प्रधान सेनापति राजेन्द्र क्षत्रीले वताए ।

आर्मी कमाण्ड र स्टाफ कलेज शिवपुरीले शुक्रबार आयोजना गरेको प्रतिरक्षा र कुटनीतिका माध्यमबाट राष्टिय सुरक्षाको सम्बद्र्धन बिषयक सेमिनारमा सेनापति क्षत्रीले प्रतिरक्षा र कुटनीति राष्टिय सार्बभौमिकता, एकता र स्वतन्त्रताका लागि मुख्य आधारस्तम्भ भएको बताएका हुन् ।

मुलुकका पछिल्लो समय बिकसित राजनीति र त्यससँगै थपिएका सुरक्षा खतराका बारेमा अलर्ट रहेको नेपाली सेनाले रक्षा र कुटनीतिका बिज्ञहरुलाई शिबपुरी बोलाएर राष्टिय सुरक्षाका लागि राजनीतिक दल, परराष्ट मन्त्रालय, नेपाली सेना र अन्य सुरक्षा वलबीच एकीकृत र समन्वयात्मक पहलमा जोड दिएको हो ।

यसअघि प्रधान सेनापति क्षत्रीले सेनाका पूर्ब सेनापतिहरुलाई आफ्नै कार्यालयमा बोलाएर बिकसित सुरक्षा खतराको बिश्लेषण गर्दै त्यसका लागि सेनाको तयारीका बारेमा परामर्श गरेका थिए । सेनापति क्षत्रीले परोक्ष रुपमा नेपाली राजनीतिक नेतृत्वप्रति समेत असन्तुष्टी राख्दै राष्ट्रिय सुरक्षा सुनिश्चित र प्रबद्र्धन गर्न रक्षा र कुटनीतिले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका थिए ।

‘परम्परागत सुरक्षा चुनौतीभन्दा अन्य फरक खाले आन्तरिक सुरक्षा चुनौती बढ्ने प्रबृत्ति बढिरहेका छन् र तिनले हाम्रो अर्थतन्त्र, वाताबरण र सामाजिक सद्भावमा नकरात्मक प्रभाव पार्न सक्छन्’ उनले भने, ‘त्यसैले तिनको सामना गर्न हामीलाई एकीकृत प्रयास आवश्यक छ, त्यसका लागि कुटनीति महत्वपूर्ण माध्यम हुनसक्छ ।’

कुटनीति असफल भए युद्ध हाबी हुन्छ भन्ने भनाईलाई उद्धृत गर्दै त्यस्तो अवस्था आउन नदिन सबै स्टेकहोल्डरबीचको राष्ट्रिय सुरक्षाप्रतिको बुझाई समान हुनुपर्ने र त्यसबिरुद्ध लड्न एकीकृत हुनुपर्नेमा प्रधान सेनापति क्षत्रीको बिशेष जोड थियो ।

सेमिनारको उद्घाटन सत्रमा प्रधान सेनापतिको भनाईको गम्भीरता त्यसलगत्तै शुरुभएको प्लेनरी सेसनको अध्यक्षता गर्ने पूर्ब परराष्टमन्त्री तथा इपीजीका संयोजक डा.भेषबहादुर थापाले महसुस गरे । उनले सेसनको शुभारम्भ गर्दै भने– ‘अघि प्रधान सेनापतिले राष्ट्रिय सुरक्षाप्रतिका जुन खतरा र चुनौती राख्नुभएको छ, त्यसले हामी गम्भीर अवस्थामा रहेको बताउँछ । आर्मी चिफले भनेको कुरा मनन् गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।