0 COMMENTS
Capture
जयराज संयोग लिम्बु

समाजकाे अावाज,माघ २७।०७३/मोरङ्ग वयरवन गा.बि.स. वडा नं. ७ बस्ने ४४  बर्षीय जयराज संयोग लिम्बु लाइ ज्यानमार्ने उद्योगमा संलग्न रही फरार भएकाे लगभग ७ बर्ष पछि  प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगंज,बाट खटिएकाे टाेलीले अाज २८ गते इटहरी, सुनसरीमा पक्राउ गरेकाे छ ।

अभीयुक्त जयराज संयोग लिम्बु ले  मोरङ्ग बयरबन गा.बि.स. वडा नं. ७ स्थित सांग्रिला हाईभिजन चलचित्र हलभित्र सिनेमा हेर्दै गरेका शेखर राईलाई जरुरी काम छ भनी हलबाट बाहिर निकाल्न लगाई शेखर राईलाई लखेटदै  मोरङ्ग बयरबन गा.बि.स. वडा नं. ७ स्थित मदन राईको आलु बारीमा फेला पारी खुकुरी प्रहार गरी मरनासन्न अवस्थामा पु-याएका थिए ।

उक्त आक्रमण हुदै गर्दा पिडितको हार गुहार सुनी घटनास्थलमा आएका मानिसहरुलाई देखि अभीयुक्त जयराज संयोग लिम्बु तत्काल भागेको र घाईते ब्यक्तिलाई क्रमश: कोशी अंचल अस्पताल र वि.पि. मेमोरियल अस्पताल धरानमा उपचार गरीएको थियो । उक्त सिनेमा हलमा शेखर राईसंग जयराज संजोग लिम्बु समेतको बादबिबाद भई झगडा भएकोमा सोही रिसिईबी साध्न प्रतिबादीहरुले आक्रमण गरेको भन्ने अनुसन्धानबाट खुल्न आएको थियो ।  प्रतिबादीहरुलाई सफाई गरेको शुरु मोरङ् जिल्ला अदालतको फैसलालाई उल्टी गर्दै पुनरावेदन अदालत बिराटनगरले निज प्रतिबादीलाई मिति २०६०/०८/०४ गते ठहर गरेको सजाय सहितको  फैसलालाई सर्वोच्च अदालतले सदर गरेको थियो ।

अभीयुक्त  जयराज संयोग लिम्बुलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोकाे टाेलीले मिति २०७३/१०/२८ गते इटहरी, सुनसरीबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सुनसरी जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झुम्का, सुनसरीमा पठाईएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।