0 COMMENTS

Yoga-ke-liye-Kabj-ko-Door-kaise-Karenजनकपुरधाम २८ माघ०७३/ स्वस्थ एवम् संस्कारयुक्त योगमैत्री समाज निर्माण गर्ने अभियानअन्तर्गत यहाँ घर–घरमा योग नारासहित पाँचदिने योग विज्ञान शिविर सुरु गरिएको छ ।

राधाकृष्ण योगसेवा केन्द्रद्वारा रामस्वरूप रामसागर क्याम्पसको छात्राबास परिसरमा सुरु गरिएको सो शिविरमा हस्त मुद्रामा आधारित योग अभ्यास गराइने जनाइएको छ । शिविरमा सरस्वती, वायु, अपान, प्राणायाम, प्राण, मृतसञ्जीवनी मुद्रा र गहन चिकित्सा उपचार योगको अभ्यास गराइनेछ ।

केन्द्रका योगगुरु विनय भाइका अनुसार शिविरमा आमाबुबाको दिव्य पूजन गर्ने कार्यक्रम पनि रहेको छ । आमाबुबाको दिव्य पूजन समारोहमा आमाबुबालाई छोराछोरीद्वारा पूजा गराई आफ्नो संस्कृति, संस्कार एवम् जीवनशैलीको पहिचानमा वृद्धि गराइने बताइन्छ ।

आगामी फागुन ३ गते हुने आमाबुबा पूजन समारोहमा २ सय ५१ आमाबुबालाई पूजा गराइने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।