0 COMMENTS

काठमाडौँ, २८ माघ०७३ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले यथाशीघ्र निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेको बताउनुभएको छ ।
नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठको निवास हात्तीवनमा नेकपा (एमाले) सहितका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री दाहालले सकेसम्म सबै पक्षलाई मिलाएर निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार रहेको र आवश्यक प्रक्रियासमेत अगाडि बढिरहेको बताउनुभयो ।
संविधान कार्यान्वयनका लागि पहिलो चरणमा स्थानीय निकायको निर्वाचन गराउने पक्षमा सरकार रहेकाले कुनै पनि आशङ्का नगर्न प्रमुख प्रतिपक्षी दललाई आग्रह गर्नुभयो ।दुई पार्टीका शीर्ष नेताबीच भएको छलफलमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तत्काल स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।

निर्वाचन हुन नसके मुलुक विषम राजनीतिक सङ्कटमा फस्ने भएकाले त्यसतर्फ ध्यान दिनसमेत प्रधानमन्त्रीलाई सचेत गराइएको एमाले उपाध्यक्ष, भीम रावलले जानकारी दिनुभयो ।छलफलपछि रासससँग कुरा गर्दै उपाध्यक्ष रावलले भन्नुभयो – ‘‘हामीले तत्काल निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गरायााै उहाँले पनि सरकारले केही दिनभित्रै मिति घोषणा गर्ने वचन दिनुभएको छ ।’’
प्रधानमन्त्रीले समेत निर्वाचन नहुँदाको अप्ठ्यारो र त्यसले पार्ने प्रभावका बारेमा आफू सचेत रहेको बताउनुभएको उपाध्यक्ष रावलले जानकारी दिनुभयो ।
पछिल्ला दिनमा प्रमुख राजनीतिक दलबीच संवाद हुन छाडेको सन्दर्भमा आज प्रमुख दुई दलबीच संवाद भएको हो । संवादको संयोजन माओवादी केन्द्रका नेता श्रेष्ठले गर्नुभएको थियो ।छलफलमा प्रमुख तीन दलबीच निर्वाचनको विषयमा सहमति जुटाउने, मधेस केन्द्रित दललाई समेत सहमतिमा ल्याएर शीघ्र निर्वाचनको मिति घोषणा गर्ने विषयमा सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।