0 COMMENTS

 माघ २८, २०७३ मोरङ /बैंकका कर्मचारीसँग मिलोमतो गरी अर्काको घरजग्गा बढी मूल्यांकन गराएर धितो राखी ठगी गर्ने गिरोह सक्रिय रहेको खुलासा भएको छ। गिरोहले सामान्य आर्थिक हैसियत भएका र बैंकिङ कारोबारबारे थाहा नपाएका प्यक्तिलाई ठगी गर्ने गरेको पत्ता लागेको छ। सञ्जाल बनाएर ठगी गर्दै हिँड्ने गिरोहको नेतृत्व गर्ने तीन प्रहरी फन्दामा परेपछि यस्तो तथ्य खुलेको हो। सोझासाझाको सम्पत्ति धितोमा राखेर बैंकबाट ऋण निकाली केही रकम जग्गाधनीलाई चर्को ब्याजमा ऋण दिएको फेला परेको हो। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका चण्डौलका अनुराग पहारी झापा घैलाडुका जीवन बोहरा र सुनसरी इटहरी उपमहानगरपालिका–५ का दिपकराज अधिकारी छन्। यही काण्डमा मुछिएका झापा कन्काईका केबल भण्डारी फरार छन्।

तीन साताअघि काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका तीनै जनालाई कारवाही प्रक्रिया अघि बढाउन मोरङको बेलबारी ल्याइएको छ। उनीहरूविरुद्ध ठगी मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटवालले जानकारी दिए। ‘मुलुकका विभिन्न स्थान, खासगरी तराईका जिल्लामा घरजग्गा धितो, बन्धकी र जमानतका नाममा ठगी गर्ने गरेको पत्ता लागेको छ’, पैहरी निरीक्षक कटवालले भने, ‘देशैभरि सञ्जाल बनाएर बैंकसँगको मिलेमतोमा ठगी गर्ने गरेको पाइयो।’ उनका अनुसार बैंक तथा वित्तीय संस्थाका कर्मचारी र पदाधिकारीसँगको मिलेमतोमा कम मूल्य पर्ने जग्गाको बढी मूल्यांकन गराई विभिन्न फर्मको नाममा कर्जा जारी गर्ने÷गराउने र ठूला लगानीको जमानतमा सोझासाझा सर्वसाधारणलाई राख्ने गरेको पाइएको छ।

यही समूहले आफूहरूलाई ठगी गरेको भन्दै बेलबारी प्रहरी कार्यालयमा दैनिक २० जनाभन्दा बढी पीडित आउने गरेको प्रहरी बताउँछ। मोरङको सुन्दरीदुलारी–५ सुकुम्वासी बस्तीका इन्द्रबहादुर र उनकी आमा बुद्धिमायाले आफूहरू ठगिएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए। यही जाहेरीका आधारमा उनीहरू पक्राउ परेका हुन्। अनुसन्धानका क्रममा इन्द्रबहादुर र उनकी आमाको साथमा रहेको ७/७ कठ्ठा जग्गा काठमाडौंको न्यूरोडमा रहेको रोयल सारी इन्टरप्राइजेजको नाममा तीनकुनेमा रहेको सिद्धार्थ बैंकबाट उनीहरूलाई नै जमानत राखेर २/२ करोड रुपैयाँ निकालेको पत्ता लागेको छ। चलनचल्तीको भाउमा अहिले उक्त जग्गाको मूल्य ३० देखि ४० लाख रुपैयाँ मात्रै पर्छ। अन्नपूर्ण पोस्ट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।