0 COMMENTS

16652407_409576522708599_563239115_nउदयपुर,२७ माघ /मेची–महाकाली उल्टो मोटरसाईकल यात्राबाट विश्व कीर्तिमान राखेका चित्रकुमार कार्की उदयपुरमा सम्मानित भएका छन् । फरक प्रतिभामार्फत सामाजिक चेतना छर्दै जिल्लाको पहिचान बढाएको भन्दै नेपाली कांग्रेस उदयपुर क्षेत्र नम्बर २ ले आयोजना गरेको कार्यक्रममा पार्टी महामन्त्री शसांक कोइरालाले सम्मानित गरेका हुन् ।

सदुमुकाम गाईघाटस्थित लोकतान्त्रिक चोकमा आयोजित कार्यक्रममा कार्कीलाई महामन्त्री कोईरालाले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मानित गरेका थिए । सम्मानित कार्कीले सन् २०११ मा उल्टो मोटरसाईकल चलाएर मेचीपुलदेखि पश्चिमको महाकालीसम्म एक हजार ५० किलोमिटरको यात्रा पार गरेका थिए । यात्रासँगै उनले पर्यटन विकास, स्थायी शान्ति, अमनचयन र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि दबाबमूलक जनचेतना फैल्याउन भूमिका खेलेका थिए ।

त्यस्तै नेपालका मेची महाकालीसँगै बिभिन्न जिल्लाहरुमा पनि जनचेतनासहित यात्रा गरेका थिए । त्यस्तै छिमेकी मुलुक भारतका बिभिन्न सहरमा पनि नेपाली झण्डासहितको उल्टो मोटरसाईकल चलाएका थिए । उनलाई युवा अवस्थामै अन्य युवाहरुलाई हौसला पुग्नेगरी साहसिक र उदाहरणीय कार्य गरेको भन्दै नेपाल जेसिजले सन् २०१७ का लागि युवा प्रतिभाको रुपमा पुरस्कृत गरेको थियो । कार्यक्रममा शिक्षामन्त्री दीपक गिरी, उदयपुर कांग्रेस सभापति बिदुर बस्नेत, २ नम्बर क्षेत्रीय सभापति बशन्त बस्नेत, नगरसभापति सरोज बस्नेत, व्यवसायी बिनोदकुमार पाण्डे लगायत दर्जनौ पार्टीका केन्द्रिय सदस्यहरको उपस्थिती रहेको थियो ।

उल्टो मोटरसाईकल चलाएरै गिनिज बुक वल्र्ड रेकर्डमा नाम दर्ता गरिसकेका कार्कीले क्रमशा दुई रेकर्डका लागि पनि तयारी पूरा गरेको बताउछन् । केही दिनपछि कार्कीले दुई हातले एकैपटक टेबल टेनीस खेल्ने र उल्टो मोटरसाईकलमै सवार भई महिलासँग चुम्बन गरी रेकर्ड कायम गर्ने तयारी पूरा भएको कार्कीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।