0 COMMENTS

काठमाडौं २७माघ ०७३/काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त घोषणा गरेको नेपाल विद्युत प्राधिकरणले आजदेखि चितवनलाई लोडसेडिङमुक्त घोषणा गरेको छ ।

औद्योगिक फिडरमा पनि लोडसेडिङमुक्त गराउने प्रयास भइरहेको प्राधिकरण चितवनले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनमा हिजो भएको कार्यक्रममा प्राविधिक कारणले अलि समस्या परेको र चितवन छिट्टै लोडसेडिंग मुक्त गर्ने आश्वासन दिएको भोलीपल्टै जिल्ला लोडसेडिंग मुक्त भएको हो ।

विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका ईन्जिनियर राजेन्द्र पौडेलले प्रािधकरणको निर्देशन अनुसार आजबाट लोडसेडिंग मुक्त कार्यान्वयन गरिएको बताए । ‘दुईवटा औधोगिक फिडर बाँकी छ, यसको पनि काम भैरहेकाले त्यो फिडरमा पनि मुक्तको तयारी गरिंदैछ’, पौडेलले भने ।

टाँडीमा ५० लाख र भरतपुरमा ८८ लाख युनिट विद्युत मासिक खपत हुँदै आएको छ । भरतपुर प्राधिकरण अन्तरगत ६८ हजार ग्राहक छन् भने टाँडी अन्तरगत ५० हजार ग्राहक रहेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।