0 COMMENTS

धनुषा,२७ माघ०७३/ धनुषाको नापी कार्यालयमा घरको नक्सा लिन पुगेका दुई सेवाग्राहीलाई कर्मचारीले आज कुटपिट गरेका छन् । जनकपुरको श्याम चोक निवासी ललन साह र उनका छोरा अमित साहलाई कर्मचारीले कुटपिट गरेका हुन् ।

नक्सा उपलब्ध गराउन माग गर्दा नापी कार्यालयका कर्मचारीले बहाना बनाउन थालेपछि आक्रोशित बन्न पुगेका सेवाग्राही ललन साहलाई कार्यालय प्रमुखसहित अन्य कर्मचारी मिलेर कुटपिट गरेको पीडित साहको आरोप छ ।

सो घटनाबारे कार्यालयमा बुझ्दा नक्सा फाँटका कर्मचारी कतै गएकाले एक्कै छिन् पर्खिन भनेपछि गालीगलौजमा उत्रेपछि घटना भएको स्वीकार गरेका हुन् । घाइते सेवाग्राही ललनलाई धनुषा प्रहरीले उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगेको सेवाग्राही अमितले बताएका हुन् । घाइते साह जनकपुरको श्याम चोकस्थित माछा पसल गरेर गुजारा चलाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।