0 COMMENTS

gitaजीवनमा सफलता पाउनका लागि कर्म नै सबभन्दा प्रभावकारी उपाय हो । हिन्दू धर्मको सर्वाधिक चर्चित कृति श्रीमद्भगवद्गीतामा भगवान् श्रीकृष्णले फलको इच्छा नराखी कर्म गर्नुपर्छ भन्ने उपदेश दिनुभएको छ ।

जिन्दगीको मूललाई नबुझिकन तनाव, दुःख र चिन्ताबाट मुक्ति पाइँदैन । मूल बुझ्नका लागि ज्ञान प्राप्त गर्नु जरूरी हुन्छ । ज्ञान पाउनलाई प्राचीन धर्मग्रन्थहरूको अध्ययन आवश्यक हुन्छ ।

गीतामा यस्ता ज्ञान भरपूर छन् । जीवन सफल बनाउन अनि तनाव र चिन्ता विना नै जिउनका लागि भगवान् श्रीकृष्णका विचारहरूमाथि चिन्तन मनन गर्नुपर्छ । हामी यहाँ गीताका केही विचारको सारांश दिँदैछौं जसलाई अपनाउनुभयो भने तपाईंको जीवन सुखमय हुन्छ ।

सधैं सन्देह गर्ने मानिसले न यस लोकमा सुख पाउँछ, न परलोकमा ।

मनलाई नियन्त्रण गर्न नसक्ने मानिसका लागि त्यही मन शत्रु हुन्छ ।

आफूले गर्र्नैपर्ने काम गर्नुस् किनकि निष्क्रिय बस्नुभन्दा काम गर्नु राम्रो हो ।

मनुष्यले जे विश्वास गर्छ त्यही हुन्छ । विश्वासले मनुष्य निर्माण गर्छ ।

नर्कका तीन ढोका छन् : काम, क्रोध र लालच ।

जिन्दगीमा न केही गुम्छ, न केही व्यर्थ जान्छ ।

मन अशान्त र नियन्त्रण गर्न कठिन हुन्छ तर यसलाई वशमा पार्न अभ्यास जरूरी हुन्छ ।

सबै प्राणी समान हुन् ।

मन नै मनुष्यको शत्रु वा मित्र हो ।

जन्मिने सबैको मृत्यु सुनिश्चित छ । त्यसैगरी मर्नेको अर्को जन्म पनि निश्चित छ । त्यसैले अपरिहार्य कुरामाथि शोक
गर्नु व्यर्थ छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।