0 COMMENTS

काठमाडौं२७माघ०७३/ ब्याट्री तथा सरसफाइका लागि प्रयोग गरिने विस्फोटक पदार्थकै समुहमा रहेको एसिड खुलारुपमा विक्री हुने गरेको पाइएको खबर आजको नेपाल समाचारपत्रमा छ । सरकारले एसिड विक्रीको लागि खासै सरोकार राख्ने नगरेका कारण यसबाट महिलाहरु बढी पीडित हुने गरेको पाइएको छ ।

विशेष गरी हार्डवेयर पसलबाट खुला रुपमा विक्री हुने एसिड अहिले मान्छे मार्ने अस्त्रको रुपमा प्रयोग हुन थालेपछि यसको विक्री वितरणमा कडाई गर्नुपर्ने आवाज उठ्न थालेको छ ।

केही दिन अघि प्रेममा धोका दिएको भन्दै एक युवकले एसिड छर्केर घाइते भएकी युवतीको मृत्यु भएपछि यसको विक्री वितरणमा कडाइ गर्नुपर्ने आवाज उठेको छ । धादिङ नौबिसेका सुनिल कोइरालाले नवलपरासीकी तुलसा सापकोटामाथि एसिड प्रहार गर्दा उनको मृत्यु भएको थियो ।

मानछेको ज्यानै लिने खतरनाक एसिड विक्रीमा कडाइ नगरे अन्य महिलाको यसरी नै अनाहकमा ज्यान जान सक्ने सरोकारवालाहरुले बताएका छन् ।

महानगरीय परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक छविलाल जोशीले अहिलेसम्म प्रहरीमा घातक रसायन एसिड खुला रुपमा विक्री गरेको भन्ने एउटा पनि उजुरी प्रहरीमा नपरेको भन्दै उजुरी नै नपरी त्यस्ता पसलमा छापा मार्न नमिल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।