0 COMMENTS

madicanकाठमाडौ २७माघ २०७३ /मुलुकमा बन्ने र विदेशबाट आयात गरिने औषधि उत्पादन मूल्यको दाँजोमा १५ गुना बढी मूल्यसम्ममा बिक्री हुने गरेका छन्। औषधिको लागत मूल्यमा कति प्रतिशतसम्म थपेर उपभोक्ताका लागि अधिकतम खुद्रा मूल्य निर्धारण गर्ने भन्नेबारे कुनै कानुनी व्यवस्था नभएकाले यस्तो मनोमानी चलेको हो। उत्पादक र सप्लायर्सले बढी मूल्यमा औषधि बेच्दा उपभोक्ता चर्को ठगीमा पर्ने गरका छन्। ‘औषधि लागत मूल्यको दाँजोमा अधिकतम १५ गुनासम्म बढी मूल्य तिर्न सर्वसाधारण बाध्य छन्’, नेपाल फार्मेसी काउन्सिलका अध्यक्ष एवं उपभोक्ताकर्मी बाबुराम हुमागाइँले भने।

उनका अनुसार सरकारकारले औषधिको उचित मूल्य निर्धारण गर्न चासो नदिएकाले मानव स्वास्थ्यका लागि अपरिहार्य औषधिमा उपभोक्ता ठगिएका हुन्। हुमागाइँका अनुसार रक्तचापको औषधि ‘एम्लोडिपिन’ ५ मिलिग्रामको एक चक्कीको उत्पादन मूल्य १५ देखि २० पैसा पर्छ, तर करिब ५ रुपैयाँमा बेचिने गरेको छ, उत्पादकले मुलुकमा होलसेलरलाई औषधिको कमिसन ५ देखि २५ र रिटेलरलाई १६ प्रतिशत दिने व्यवस्था भए पनि ‘टेबलमुनिबाट बोनस’ लगायत २ सय प्रतिशतभन्दा बढीसम्म पनि कमिसन दिइन्छ। ‘इन्सेन्टिभ (प्रोत्साहन)का नाममा औषधि प्रस्ताव गर्ने र बिक्री गर्नेलाई विभिन्न अफरसमेत दिइन्छ’, उनले भने। औषधि प्रस्ताव गर्ने चिकित्सक, होलसेलर र रिटेलर बिक्रेतालाई कम्पनीले कारसमेत दिने गर्छन्।

उत्पादकले औषधि खपत बढाउन आफ्नो खर्चमा धेरैजसो डाक्टरलाई विदेश शयरसमेत गराउँछन्।, विदेशमा सम्मेलनमा जाँदा लाग्ने सम्पूर्ण खर्चसमेत बेहोरिदिन्छन्’, एक औषधि व्यवसायीले भने। उनका अनुसार डाक्टरका लागि औषधि उत्पादकको महँगो होटलमा जन्मदिन, बिहेलगायतका पार्टी प्रायोजनसमेत गरिदिन्छन्। अर्का औषधि व्यवसायलिे भने, ‘जसका कारण औषधिको बिक्री हुन्छ, त्यसलाई जसरी भए पनि खुशी पार्ने काम गरिन्छ।’ ती व्यवसायीका अनुसार औषधि उत्पादन मूल्य र उपभोक्ताले तिर्ने मूल्यमा देखिएको अत्यधिक अन्त्रको फाइदा उत्पादकभन्दा बिचौलियाले लिन्छन्। कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।