काठमाडौं२७ माघ २०७३ / राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख सत्ता साझेदार कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बुधबार भेट गरी आगामी माघ ७ भित्र ३ वटै तहको चुनाव गराइसक्न सचेत गराएकी छिन्। चुनाव हुन नसकेमा संवैधानिक र राजनीतिक संकट आइपर्ने भन्दै राष्ट्रपति भण्डारीले समयमै चुनावको मिति घोषणा गर्नुपर्नेमा सगजग गराइन्। एमालेका अध्यक्ष ओलीले राष्ट्रपतिलाई शीतल निवासमा बिहान भेटेका थिए भने कांग्रेसका सभापति देउवाले साँझ करिब आधा घण्टा भेट गरेका थिए। ओलीसँगको भेटपछि भण्डारीले दिउँसो कानुनविद्हरूसँग सुझावसमेत लिएकी थिइन्। कानुन्विद्हरूले चुनाव गराउन दिएको परामर्श नमाने सरकारलाई चेतावनी दिएरै भए पनि मिति घोषणा गर्न लगाउन सुझाव दिएका थिए।
सरकारले चुनावी वातावरण बनाउन नसकेको, निर्वाचनको मिति घोषणा गर्न आलटाल गरेको र सम्बद्ध कानुनहरूसमेत बनाउन नसकेको सन्दर्भमा राष्ट्रपति भण्डारीले २ दिनयता शीतलनिवासमा सघन ढंगले कानुनविद् र प्रमुख दलका शीर्ष नेताहरूसँग परामर्श गरिरहेकी छिन्। नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीलगायत ६ जना कानुनविद्ले राष्ट्रपतिको सल्लाह नमानेकाले सरकारलाई चेतावनी दिएर भए पनि चुनावतिर डोहोर्याउनुपर्ने सुझाव दिएका थिए। भण्डारीले मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी चुनाव गराउने सरकारी तयारीबारे बुझेकी थिइन्। दाहालसँग भेट्नुअघि कानुनी पृष्ठभूमिका राधेश्याम अधिकारी, अग्नि खरेल र रामनारायण बिडारीलगायत ६ सांसदसँष् संविधान कार्यान्ववयनबारे छलफल गरेकी थिइन्।कान्तीपुर