0 COMMENTS

काठमाडौं२६माघ०७३/ राप्रपा नेता पशुपतिशमशेर राणाकी छोरी देवयानी राणा राप्रपा महाधिबेशनको प्रतिनिधि नहुँने भएकी छिन् । दोलखाको शैलुंगेश्वरबाट जिल्ला अधिवेशनमा प्रतिनिधि छनोट भएकी देवयानी केन्द्रीय महाधिबेशनमा भने प्रतिनिधि नहुँने भएकी छिन् ।

पार्टीको विधानमा महाधिवेशन प्रतिनिधि हुन उम्मेदवार नै उपस्थित हुनुपर्ने भएपछि राणालाई प्रतिनिधि बनाउन नसकिएको राप्रपा दोलखा क्षेत्र नम्बर २ का अध्यक्ष विजय खड्काले बताए । खड्काका अनुसार महाधिवेशन प्रतिनिधि बन्न गाविसबाट क्षेत्रीय प्रतिनिधि भई क्षेत्रीय कार्यसमिति वा जिल्ला कार्यसमिति सदस्य हुनुपर्ने प्रावधान छ ।

उनले भने, ‘उहाँ दुईवटै अधिवेशनमा अनुपस्थित भएकाले प्रतिनिधि बनाउन सकिएन ।’ राप्रपाको गाउँ अधिवेशनमा समेत उपस्थित नभएकी राणालाई शैलुंगेश्वर गाउँ कार्यसमितिले क्षेत्रीय प्रतिनिधिमा मनोनीत गरेको थियो । राप्रपाका जिल्ला अध्यक्ष खड्काका अनुसार देवयानीलाई जिल्ला भित्राउन इच्छुक भए पनि उनी उपस्थित नभएकै कारण प्रतिनिधि बनाउन नसकिएको नयाँ पत्रिकामा समाचार छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।