0 COMMENTS

काठमाडौँ, २६ माघ०७३/नेपाली काँग्रेसका तत्कालिन सभापति स्वर्गीय सुशील कोइरालाको आज पहिलो स्मृती दिवस मनाइँदै छ।

कोइरालाको पहिलो स्मृती दिवसका अवसरमा आज केन्द्रिय पार्टी कार्यालय सानेपामा कार्यक्रमको आयोजना गरिएको छ। सभापति शेरवहादुर देउवाको उपस्थिती रहने उक्त कार्यक्रम बिहान ९ बजे आयोजना हुने पार्टी कार्यालयले जनाएको छ।कोइरालाको पहिलो स्मृती दिवसमा सहभागी हुन पार्टी कार्यालयले विज्ञप्ति मार्फत सबैलाई अनुरोध गरेको छ।

३७ औँ प्रधानमन्त्री बनेका कोइरालाको निमोनियाका कारण गत वर्ष आजकै दिन अर्थात माघ २६ गते मध्यरातको १२ बजेर ५० मिनेट जाँदा निधन भएको थियो।उनी पछिल्लो पटक व्यवस्थापिका संसदबाट २०७० साल माघ २७ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए।

पिता बोधप्रसाद कोइराला र माता कुमुदिनी कोइरालाका ज्येष्ठ सुपुत्रका रूपमा विराटनगरमा जन्मिएका कोइराला २०१० सालदेखि राजनीतिमा सक्रिय रहेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।