0 COMMENTS
Capture
किरण केशर नेपाल

काठमाण्डाै २५ माघ०७३/क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडलाई ठगी गरी फरार किरण केशर नेपाल पक्राउ । गत साल २०६७/०३/३१ गते हुदै नभएकाे “सिता खाँडसरी चिनी मिल”परियाेजनाकाेलागी भन्दै मण्डिखाटार काठमाडौं स्थित आफ्नो नामको ८ रोपनी जग्गालाइ क्यापिटल मर्चेन्ट तथा  फाइनान्स कम्पनीका पदाधिकारी समेतको मिलोमतोमा अत्याधिक मुल्याङ्कन गराई धितो राखि प्राप्त गरेको कर्जा रु. नौं करोड रुपैया ब्यबसायिक रुपले जग्गा कारोबारमा समेत लगानी गरी दुरुपयोग गरेका जिल्ला काठमाडौं का.म.न.पा. ७ मन्डिखाटार नीवासी ४१ बर्षीय  किरण केशर नेपाललाइ केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगंज बाट खटिएकाे टाेलीले  २०७३/१०/२४ गते बेलुका पानीपोखरी, काठमाडौंबाट पक्राउ गरी ऐ. २५ गते फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा निजलाई अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाईएको छ ।

नीज किरण केशर नेपाललाइ बैंकिङ्ग कसूर मुद्दामा पुनरावेदन अदालत पाटनको मिति २०७१/०१/२९ गतेको फैसलाले  ३(तीन) बर्ष कैद र रु. ९,४१,३७,७७४/०१ (नौ करोड एकचालिस् लाख सैतीस् हजार सात सय चौवत्तर रुपैया एक पैसा) जरीवाना  हुने ठहर भएकोमा उल्लेखित सजाय वेरुजु भई फरार रहेका थीए ।

 

यस बाहेक हालसम्ममा यस ब्यूरोको टोलिले क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडलाई ठगी गर्ने अरुण कुमार मराठा(६ बर्ष कैद र १३ करोड ३० लाख जरीवाना)लाई मिति २०७२/०२/१४ गते, नवराज खत्री(३ बर्ष कैद छ करोड पचास लाख जरीवाना)लाई मिति २०७२/०२/१९ गते, तुलसाकुमारी धमला(३ बर्ष कैद र २ करोड २० लाख जरीवाना)लाई मिति २०७२।०४।१७ गते  र भाइकृष्ण खड्का(३ बर्ष कैद र तीन करोड ५० लाख जरीवाना)लाई मिति २०७२/०५/०२ गते फैसला कार्यान्वयनको लागि पक्राउ गरेको* ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।