0 COMMENTS

मकवानपुर, २५ माघ०७३/ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट समातिएको साढे ३३ किलो अवैध सुन काण्डमा छानविन चलिरहेका बेला मकवानपुरमा सार्वजनिक बसबाट सुन बरामद गरिएको छ ।

पर्सा उदयपुर घुर्मी–२ बस्ने २३ वर्षीय संजितकुमार सर्राफले लुकाईछिपाई ल्याएको करिब ६ किलो चाँदी र सुनको गहना करीब ४ तोला सहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।

हेटौडा–१७ रातोमाटे चेकप्वाईटस्थित खटिएको प्रहरीले बिरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना.५ ख ६२१६ नम्बरको बस चेकजाँच गर्ने क्रममा बसमा सवार सर्राफको साथमा उक्त सामान फेला परेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।