0 COMMENTS

काठमाडौं, २५ माघ०७३/ नेपाल टेलिकमको फोर जी सेवा सबै सिरिजका आइफोनमा पनि उपलब्ध भएको छ । यसअघि एण्ड्रोइड र आइफोन फाइभ सिरिजमा मात्र उपलब्ध हुँदै आएको फोर जी अबदेखि सबै सिरिजका आइफोनमा पनि उपलब्ध रहेको टेलिकमले जनाएको छ ।

आइफोनको उत्पादक कम्पनी एप्पलले आगामी मार्च महिनादेखि मात्र फोर जी सञ्चालन गर्न मिल्ने बताएपनि निरन्तरको अनुरोधपछि त्यस अगावै यो सुविधा उपलब्ध गराउन सहमत भएपछि अब आइफोन सिक्स, सिक्स प्लस, सेभेन र सेभेन प्लस सिरिजमा पनि सेवा सुरु हुने भएको हो ।

नेपाल टेलिकमले गएको पुस १७ गतेदेखि नेपालमै पहिलो पटक 4G/LTE सेवा सञ्चालनमा ल्याएको थियो । आरम्भमा काठमाडौं उपत्यका र पोखरा उपत्यकाका पोष्टपेड मोवाइलका ग्राहकहरुका लागि यो सेवा उपलब्ध गराइएको र कम्पनीको वार्षिकोत्सवका अवसरमा गएको २२ गतेदेखि काठमाडौं र पोखराका प्रिपेड मोवाइल सेवाका ग्राहकहरुलाई पनि यो सेवा उपलब्ध गराइएको छ ।

कसरी चलाउने आइफोनमा फोर जी
आइफोन सिक्स, सिक्स प्लस, सेभेन र सेभेन प्लस सिरिजमा सञ्चालन गर्नका लागि एप्पल कम्पनीको वेवसाइट https://beta.apple.com/ मा उपलब्ध निर्देशन अनुसार आफ्नो फोनको ब्याकअप लिइ प्रोफाइल डाउनलोड गर्नुपर्छ । त्यसपछि General >Setting>Software update मा गई बेटाभर्सन डाउनलोड गर्न सकिन्छ । आइफोन सिक्स र त्योभन्दा माथिका सिरिजमा नेपाल टेलिकमको 4G/LTE सेवा प्रयोग गर्न सकिने नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।