0 COMMENTS

मेलबर्न, २५ माघ-अस्ट्रेलियामा एक अनुसन्धानका क्रममा देशका करिब ७ प्रतिशत क्याथोलिक पादरी बच्चमाथि यौन शोषणमा लिप्त भएको पाइएको छ । यो सन् १९५० देखि २०१० को बिचमा गरिएको अध्ययनको निष्कर्ष हो, राजधानीले खबर छापेको छ । यस्तै अर्को एक अध्ययनमा देशका ४० प्रतिशत चर्चमा बच्चामाथि यौन शोषण भएको जनाइएको छ ।

बच्चामाथि हुने यौन शोषणबारे अध्ययन गर्ने संस्था ‘रोयल कमिसन’ मा सन् १९८० देखि २०१५ को बिचमा करिब ४ हजार ५ सयले यौन शोषणमा परेको उजुरी गरेका छन् । यो आयोग अस्ट्रेलियामा धार्मिक र गैरधार्मिक स्थानमा हुने यौन शोषणको जाँच गर्नमा सबैभन्दा माथि पर्दछ ।

सिड्नीमा आयोगलाई मद्दत गर्दै आएका वकिल गेल फरनेसका अनुसार यौन शोषण पीडितको कहानी धेरै कहानीलाग्दो अवस्थामा छ ।

गेलका अनुसार सन् १९८० देखि २०१५ को बिचमा अस्ट्रेलियाका एक हजार क्यथोलिक संस्थामा ४ हजार ४ सय ४४ बालबालका यौन उत्पीडन भएको छ । यौन शोषणमा पर्ने बालिकाहरुको औषत उमेर साढे १० वर्ष र बालकहरुको उमेर साढे ११ वर्ष रहेको छ । यद्यपि यौन शोषणको मामलामा मुद्धा दर्ता गराउने भने औषत ३३ वर्ष रहेको र यो चिन्ताको विषय हो ।
यसरी यौन शोषण हुने चर्चमा पनि ६० प्रतिशत आस्थामा आधारित संगठन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।