0 COMMENTS

सिन्धुपाल्चोक, २५ माघ०७३ / पुरानो रिसइबी झडपमा परिणत हुँदा जिल्लाको विकट गुम्बा गाउँ विकास समितिको पार्गरपुमा भएको झडपमा एक युवाको मृत्यु भएको छ ।

सोमबार दिउँसो ३ बजेतिर भएको घटनामा गम्भीर घाइते भएकाको उपचारको क्रममा मृत्यु भएको हो । राजधानी दैनिकले समाचार छापेको छ ।

मृत्यु हुनेमा पार्गरपुका ३१ वर्षीय साङबहादुर तामाङ रहेका छन् । घटनामा दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा मृतकका दाजु आकाश तामाङ रहेका छन् । अर्का समान्य घाइतेको खाडिचौरस्थित सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको छ ।

केही समयअघि गुम्बाको पार्गरपु र बोल्देका स्थानीयबीच जारी उठाउने विषयमा विवाद हुँदा झडप भएको थियो । त्यति बेलाको झडपमा बोल्देका एक युवा गम्भीर घाइते भएका थिए । सो घटनालाई निहु बनाएर पार्गरपुमा स्थानीयको विवाह कार्यक्रममा बोल्देका केही युवाहरु आएर स्थानीय वीरबहादुर तामाङलाई आक्रमण गरेको स्थानीयले जानकारी दिएका छन् ।

बोल्देका स्थानीय जंगबहादुर भन्नेले पार्गरपुका वीरबहादुरलाई छुरा प्रहार गरेको स्थानीयको भनाइ छ । छुुरा प्रहारपछि वीरबहादुर घाइते भएका थिए । वीरबहादुरका आफन्तले पनि आक्रमण गर्ने जंगबहादुरलाई कुटपिट गरेपछि जंगका आफन्तले अन्धाधुन्ध ढुंगा प्रहार गरेको स्थानीयको भनाइ छ ।

झगडा भएपछि सो स्थानमा पुगेका साङबहादुर र आकाशमाथि पनि बोल्देका युवाहरुको समुहले आक्रमण गरेको स्थानीय लक्ष्मण तामाङले जानकारी दिए । झडपमा घाइते भएकाहरुलाई हेलिकोप्टरबाट उपचारको लागि काठमाडौं टिचिङ अस्पताल लगिएको थियो । उपचारको क्रममा तामाङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घटनालगत्तै प्रहरी पुगेर अनुसन्धान सुरु गरेको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी रवीन्द्र केसीले जानकारी दिए । आक्रमणमा संलग्नहरु भाग्न सक्ने स्थानमा प्रहरीले कडाइ गरेको उनले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा अर्को टोली समेत घटनास्थलमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।