0 COMMENTS

काठमाण्डाै, २४ माघ०७३/होटलमा बास बसेका प्रेमीको एसिड प्रहारबाट रुपन्देहीमा एक युवतीको मृत्यु भएको छ ।

नवलपरासी गैडाकोट-५ की २७ वर्षीया तुलसा सापकोटाको सामबार उपचारको क्रममा मृत्यु भएको हो । धादिङ, नौविसे-१ का २८ वर्षीय सुनील कोइरालाले उनलाई राति करिब साढे १२ बजे एसिड प्रहार गरेका थिए । बिहे प्रस्ताव राख्दा नमानेपछि प्रेमिकालाई एसिड प्रहार गरेको कोइरालाले प्रहरीलाई बयान दिएका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासीनीका अनुसार उनीहरु हिजो बुटवल-६ मा रहेको मेरिडियन होटलमा बसेका थिए । मृतककी सानीमा ४० वर्षे देवी खरेलसहित साँझ करिब ६ बजे होटलमा गएका थिए । होटलमा सानीमा छुट्टै र उनीहरुले छुटटै कोठा लिएर बसेका थिए ।

साँझ ९ बजे आफ्नो कोठामा गएका कोइरालाले राति करिब साढे १२ बजे एसिड खन्याइदिएका थिए । युवती चिच्याएर सहयोग मागेपछि होटल स्टाफहरुले सबै ढोका थुनेर कोइरालालाई समातेर प्रहरीको जिम्मा लगाएका थिए । प्रहरीले राति नै युवतीको उद्धार गरी बुटवलको लुम्बिनी अञ्चल अस्पताल पुर्याइएको थियो ।

८० प्रतिशत बढी शरीर जलेकी उनको त्यहाँ उपचार नहुने बताएपछि प्रहरीले नै युनिभर्सल मेडिकल कलेज भैरहवामा लगेको थियो । भैरहवाको अस्पतालले पनि उपचार हुन नसक्ने भन्दै सामान्य मलमपट्टी गरेर काठमाडौं बर्नीड. सेन्टरमा खबर गरेको थियो । प्रहरीले आफन्त खोज्ने र लैजाने तयारी गर्दै गर्दा युवतीको सोमबार मध्यान्ह मृत्यु भएको छ ।

उनको शव अहिले भैरहवाको भीम अस्पतालमा राखिएको जिप्रका रुपन्देहीका डिएसपी बेलबहादुर पाण्डेले बताए । प्रहरीले होटलमासँगै आएकी काठमाडौं चाबहीलकी मृतककी सानीमा देवी खरेल र युवक कोइराला दुवैलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालयमा राखिएको छ ।

युवकले आफ्नो ३ वर्षदेखिको प्रेम सम्बन्ध रहेको तर पछिल्लो समयमा युवतीले बिहे गर्न नमानेकाले एसिड खन्याइदिएको बताएका छन् । युवती एक्लै नआएपछि सानीमासहित घुम्न बोलाइको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।