0 COMMENTS

काठमाण्डाै, २४ माघ०७३/नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले समयमै निर्वाचन नभए संविधान असफल हुने बताएका छन्। रफत सञ्चार क्लबमा सोमबार आयोजित कार्यक्रममा बोल्दै महामन्त्री डा. कोइरालाले सरकारले ०७४ माघ ७ गतेभित्र तीनै तहको निर्वाचन गर्न नसके संविधान पूर्णतः असफल हुने बताए। सरकारले निर्णय गरेबमोजिम जेठ १० गतेभित्र कुनै पनि हालतमा स्थानीय निकायको निर्वाचन गर्नुपर्ने भन्दै उनले निर्वाचन गरेरमात्र संविधान संशोधन गर्नु पर्नेमा जोड दिए।

पार्टीका केही नेताले भन्दैमा संविधान संशोधन गर्न नसकिने उनको जिकिर छ। पार्टी सभापति शेरबहादुर देउवाले आइतबार मधेसी मोर्चाका नेताहरुसँगको भेटमा संविधान संशोधन गरेरमात्र चुनावमा जाने आश्वासन दिएको भोलिपल्टै कोइरालाको यस्तो भनाइ आएको हो।

अहिलेको संविधान ९२ प्रतिशत सभासदले पारित गरेको स्मरण गराउँदै महामन्त्री कोइरालाले विश्वमै सबैभन्दा बढी बहुमतले बनाएको संविधानलाई अल्पमतले भन्दैमा संशोधन गर्न नसकिने जिकिर पनि गरे। अर्को फरक प्रसंगमा बोल्दै उनले पार्टी महाधिवेशन सम्पन्न भएको डेढवर्ष भइसक्दा पदाधिकारीले पूर्णता नपाउनु विडम्बना भएको बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।