0 COMMENTS

16507253_206614269813073_926926326_nअनुज न्यौपाने,चीतवन,२३माघ/स्वबियु निर्वाचन नजिकिदै गर्दा अनेरास्ववियु क्याम्पस कमिटी माडी बहुमुखी क्याम्पसले आज (अाइतबार) माडी बहुमुखी क्याम्पसमा राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले राष्ट्र ब्यापी अभियान अन्तर्गत राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेको छ । राष्ट्र र राष्ट्रियताको लागि अनेरास्ववियुको राष्ट्रिय अभियान अन्तर्गत कलेजमा राष्ट्रिय झण्डा राखिएको अनेरास्ववियु जिल्ला प्रचार बिभाग प्रमुख बिमल के सिले बताउनुभयो ।

कार्यक्रममा अनेरास्बबियु जिल्ला सह-सचिब बिपिन पाठक, निबर्तमान विद्यार्थी इन्चार्ज एवं अनेरास्ववियु पुर्ब जिल्ला अध्यक्ष राम प्रसाद न्यौपाने, अनेरास्ववियु जिल्ला प्रचार बिभाग प्रमुख बिमल के सि लगाएतका विद्यार्थी नेताहरुले मन्तव्य राख्नुभएको थियो । विभिन्न सङ्कायमा अध्ययनरत विद्यार्थीहरुको उपस्थिति रहेको सो कार्यक्रममा क्याम्पस प्रमुख घनश्याम भण्डारी ,अनेमसङ्घ जिल्ला अध्यक्ष सरस्वती बिष्ट , पार्टी क्षेत्रीय अध्यक्ष श्याम कुमार बिष्ट ,पार्टी नेताहरु रेशमलाल आचार्य ,श्रीप्रसाद दवाडी , रामेश्वर महत्तो,सुर्यकान्तखनाल ,रामु क्षेत्री ,डिलिया महत्तो,रबिनचापागाईं, सरोज लामिछाने लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम सो क्याम्पस कमिटिका अध्यक्ष सञ्जय ढकालको अध्यक्षातामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।