0 COMMENTS

काठमाडौं२३माघ०७३/खानेपानी तथा सरसफाइ मन्त्रालयले एक साताभित्र ३१ करोड रुपियाँ नपाए काठमाडौंवासीलाई पानी वितरण गर्न नसक्ने चेतावनी दिएको छ ।

खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीम प्रसाद उपाध्यायले शुक्रवार व्यवस्थापिका संसद्को बैठक कक्षमा पुगेर काठमाडौ उपत्यका विकास प्राधिकरण, सडक विभाग र काठमाडौं महानगरपालिकाले सडक खन्दा पाइपहरु फुटेको भन्दै ती पाइप मर्मत गर्न बजेट उपलब्ध नगराइए पानी दिन नसक्ने बताए ।

उनले सडक खन्दा फुटेका पाइपको मर्मत गर्न ३१ करोड रुपियाँ दिनुपर्ने अन्यथा पानी वितरण भएन भनेर गुनासो गर्न नपाइने बताए । उनका अनुसार सडक खन्ने क्रममा काठमाडौँमा विछ्याइएका ५० प्रतिशत पाइपमा क्षति पुगेको छ ।

सचिव उपाध्यायले कि त सडक खन्नेले नै टुटेफुटेका पाइपको मर्मत सम्भार गरिदिनुपर्ने अन्यथा मन्त्रालयलाई आवश्यक बजेट दिइनुपर्ने बताए ।

उनले यस विषयलाई गम्भीररुपमा नलिइए आगामी चैत–वैशाखमा काठमाडौंमा खानेपानीको हाहाकार हुने बताए । सचिव उपाध्यायले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणका लागि पाइपलाइन विछ्याउँदा सहरमा धुलो फैलियो भनेर सांसद्हरुले गरेको आलोचनाप्रति आपत्ति जनाए ।

उनले पाइपलाइन विछ्याएका कारण नभई अन्य कारण सहरमा धुलो बढेको भन्दै पाइपलाइन विछ्याउने काम उच्च गुणस्तरका साथ तीब्रगतिमा भइरहेको बताए । उनले यस्तो काम काठमाडौँंमा यसअघि कहिल्यै नभएको दाबी पनि गरे ।

खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीम प्रसाद उपाध्यायले शुक्रवार व्यवस्थापिका संसद्को बैठक कक्षमा पुगेर काठमाडौंमा उपत्यका विकास प्राधिकरण, सडक विभाग र काठमाडौं महानगरपालिकाले सडक खन्दा पाइपहरु फुटेको भन्दै ती पाइप मर्मत गर्न बजेट उपलब्ध नगराइए पानी दिन नसक्ने बताए ।समितिले पाइपलाइन विछ्याउँदा खनिएका सडकको मर्मतसम्भार नभएका कारण प्रदूषण फैलिएको भन्दै आपसमा समन्वय गरेर खनिएका सडकको तत्काल मर्मत सम्भार गर्न मेलम्ची खानेपानी पाइपलाइन विस्तार आयोजना, काठमाडौं उपत्यका विकास प्राधिकरण लगायतका निकायलाई निर्देशन दिएको छ ।

समितिले विछ्याइएका पाइपलाइन तत्काल परीक्षण गरी खनिएका सडक १५ दिनभित्र हस्तान्तरणको प्रक्रिया अगाडि बढाउन मेलम्ची खानेपानी आयोजनालाई तथा हस्तान्तरणको मितिले ३० दिनभित्र सडकको पुनर्निमाण गरिसक्न सडक विभागलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।