काठमाडौँ २३ माघ २०७३/त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ३३ किलो सुन भित्रिएको बारेमा अनुसन्धान गर्ने क्रममा प्रहरी वरिष्ठ उपरीक्षक श्याम खत्रीलाई केन्द्रिय अनुसन्धान व्यूरो सिआइबीले पक्राउ गरेको छ ।
सिआइबीले एसएसपी खत्रीलाई प्रहरी प्रधान कार्यालबाट पक्राउ गरेको हो । एसएसपी खत्री पुस २१ गते सुन तस्कर भएको बेला विमानस्थलमै कार्यरत थिए । पछि उनलाई अनुसन्धान गर्न भन्दै प्रहरी प्रधान कार्यालय तानिएको थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी को आग्रहमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले खत्रीलाई विमानस्थलबाट फिर्ता बोलाएका थिए ।
ब्युरोको टोलीले पिंगलास्थानबाट ३४ किलो अवैध सुनसहित पक्राउ गरेका तीन अभियुक्तलाई संगठित अपराध अभियोगमा हिरासतमा राखी अनुसन्धान जारी राखेको छ ।