0 COMMENTS

 काठमाडौँ २३ माघ २०७३/नेपाल टेलिकमले विभिन्न सेवाहरुमा आकर्षक स्किमहरु ल्याएको छ ।टेलिकमले फेसबुक चलाउन रु २० मा १०० एमबी डाटा दिने जनाएको छ । जसको समयसीमा ५ दिनको हुने कम्पनीले जनाएको छ । यस्तै जिएसएम प्रिपेडमा फोरजी सञ्चालनको लागि ४०० एमबीको प्रोमोसनल अफर ल्याएको छ । जुन दैनिक १०० एमबीका दरले चार दिनसम्म उपलब्ध हुनेछ । कम्पनीले आजदेखि मात्रै प्रिपेडमा फोरजी सेवा सञ्चालन गरेको हो ।

यस्तै कम्पनीले सीडीएमए डाटा अफर, जीएसएम डाटा अफर र जीएसएम डाटा अफर पनि सार्वजनिक गरेको छ । सीडीएमए टाटा अफरमा रु ७५ मा २०० एमबी डाटा र त्यति नै बोनस पाउन सकिने छ । यस्तै रु १७५ मा ५०० एमबी डाटा र त्यत्ति नै बोनस प्राप्त गर्न सकिने छ ।

यस्तै जीएसएम डाटा अफरमा रु १३० मा २०० एमबी डाटा र त्यत्तिनै डाटा बोनस पार्न सकिने छ भने ३०० मा ५०० एमबी डाटा र ५०० एमबी नै बोनस प्राप्त गर्न सकिनेछ । यस्तै जीएसएम नाइट डाडा अफरमा रु ४० र रु ८५ मा क्रमशः ५०० एमबी र १२०० एमबी डाटा पाउन सकिने टेलिकमले जनाएको छ ।

यस्तै रु ५०, रु१०० र रु २०० को रिचार्जमा १० प्रतिशत तथा रु ५०० र रु १००० को रिचार्जमा १५ प्रतिशत बोनस पाइने अफर पनि टेलिकले ल्याएको छ । यसैगरी टेलिकमले एडीएसएलमा उही शुल्कमा बढी ब्याण्डविथ दिने घोषणा गरेको छ ।

यस्तै ल्याण्ड लाइन एक्सेस प्वाइन्ट शुल्कमा पनि हेरफेर गरेको छ भने सीआरबिटी सुबिधा पुन संचालनमा ल्याएको छ । १५ दिनसम्मका लागि यो सुबिधा पनि निशुल्क प्रदान गरिको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।