0 COMMENTS

इनरुवा,२२माघ २०७३/ नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकारले चुनाव गर्न नसक्ने दाबी गरेका छन् ।शनिबार सुनसरीको इनरुवामा आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले भने, ‘यो सरकार चुनाव गराउनका लागि गठन भएकै होइन, त्यसैले कहिले निर्वाचनको मिति घोषणाको तयारी गरेजस्तो र कहिले संविधान संशोधन गरेजस्तो गरेर आलटाल गरिरहेको छ ।’

एमाले निर्वाचनबाट सबैभन्दा ठूलो पार्टी हुने भएकाले कांग्रेस र माओवादीले निर्वाचनबाट भाग्न खोजिरहेको उनले बताए । अहिलेको सरकार जनताको काम गर्नेभन्दा पनि आफ्नो आयु लम्ब्याउन अरुको इसारामा चलिरहेको आरोप लगाउँदै ओलीले भने, ‘एमालेले यो मुलुकमा चुनाव गराएरै छाड्छ, त्यसका लागि एमाले तयार भएर बसेको छ ।’

अहिलेको अन्यत्रकै इशारामा चलिरहेकाले निर्वाचन गर्नेभन्दा पनि छिमेकीलाई खुसी बनाउँदा बनाउँदै कुनै पनि बेला संवैधानिक संकटमा फस्ने र त्यसले राष्ट्रियतामाथि खतरा उत्पन्न हुने उनको भनाइ छ ।

कांग्रेस र माओवादीलाई दवाब दिएर भए पनि निर्वाचनमा एमालेले लिएर जाने उल्लेख गर्दै ओलीले भने, ‘एमालेको जीत अब हुने स्ववियु निर्वाचनबाट नै देखिन्छ ।’ उनले पूर्वदेखि पश्चिमसम्मका सबै क्याम्पसहरुको स्ववियुमा एमाले निकट अनेरास्ववियूले जित्ने दाबी गरे ।

एमालेका केन्द्रीय सदस्य महफुज आलम, वैकल्पिक केन्द्रीय सदस्य धर्म निरौलाले मधेसको पक्षमा एमाले रहेको उल्लेख गर्दै मधेसवादी दलहरुले विगतमा मधेसी जनताको नाममा आफ्नै परिवारका लागि मात्रै काम गरेको उल्लेख गरे ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।