0 COMMENTS

हटौंडा२२,माघ०७३/ मकवानपुरमा घरायसी झगडामा श्रीमतीले श्रीमानको हत्या गरेकी छन् । हत्या गर्ने श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ ।हेटौंडा उपमहानगरपालिका–१८ घट्टेदमार बस्ने ४७ वर्षीय जोगबहादुर रुम्बाको हत्या उनकै श्रीमती मीनमाया रुम्बाले गरेकी हुन् । गत १५ माघमा आफ्नै घरमा विवाद हुँदा मीनमायाले श्रीमानको टाउकोमा धारिलो हतियार प्रहार गरेकी थिइन् । जोगबहादुरको हेटौंडाकै जिल्ला अस्पतालममा उपचारका क्रममा मृत्यु भएको थियो ।
हत्याअघि दुबैले मादक पदार्थ सेवन गरेका थिए । घटनालगतै फरार भएकी मीनमायालाई हेटौंडाको रंगशाला चोकबाट पक्राउ गरिएको थियो । उनीमाथि ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाइएको छ । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।