0 COMMENTS

काठमाडौं२२ माघ०७३/ उपत्यकाको ट्राफिक अस्तव्यस्त छ । एउटै चोकमा सवारीसाधनहरू घन्टौँ कुर्नुपर्ने अवस्था छ ।
कोटेश्वर, चाबहिल, सिनामंगल, नारायणगोपाल चोक, हनुमन्ते सडक, बल्खु, बनस्थली, सातदोबाटो, बालाजु र नागढुंगामा ज्यादा ट्राफिक जम हुन्छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सडक विभागले तोेके भन्दा बाहेकका क्षेत्रमा पनि अत्याधिक ट्राफिक जाम हुन्छन् । महाशाखाका अनुसार सवैभन्दा धेरै ट्राफिक जाम हुने क्षेत्र कलंकी चोक हो । त्यसपछि सवैभन्दा धेरै ट्राफिक जाम हुने जक्सन थापाथली चोक हो । ट्राफिक जाम हुने त्यसपछिको क्षेत्र सोह्र खुट्टे, नयाँ बानेश्र चोक, रत्नपार्क आसपासका क्षेत्र, त्रिपुरेश्वर चोक हुन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

आयोजनाका अनुसार उपत्यकामा अहिले दुई सय भन्दा धेरै रुट छन् । पुर्नसंरचना हुँदा यो रुट ६६ मा समिति हुन्छन् । त्यस मध्ये प्राइमरी तहअन्तर्गत ८ वटा रुट छुट्याइएको छ । सेकेण्डरी तहमा १६ रुट पर्छ ।

सडक विभागका अनुसार सडक विस्तार कम र अत्यधिक सवारीसाधन भएकाले उपत्यकामा ट्राफिक जाम बढेको हो । भएका सडक पनि वैज्ञानिक ढंगको नभएकाले पनि सडक ट्राफिक अस्तव्यस्त हुने गरेको विभागको सडक सुरक्षा तथा ट्राफिक शाखा प्रमुख दीप बाराहीले बताए । उनले भने, ‘उपत्यकामा सवारीसाधनको चाप बाक्लो छ । तर, सडक विस्तार निकै कम भएका छन् । सवारीसाधनको वृद्धि यही रफ्तार हुने, तर सडक विस्तार नगरिने हो भने अबको १० वर्षमा उपत्यका ठप्प हुने निश्चित छ ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।