0 COMMENTS

काठमाडौं, २१ माघ०७३ / नेपाली सेनाले तराईको सुरक्षा स्थितीबारे चिन्ता जनाउँदै पृतना (ब्यारेक) थप्ने निर्णय गरेको छ । यो सेनाको इतिहासमै पहिलो निर्णय हो । जहाँ मधेसमा अब पृतना थप हुने भएको छ ।

भारतसँग सीमा जोडिएको तराईमा देश टुक्राउने गतिविधि बढेपछि राष्ट्रको अखण्डता जोगाउने लक्ष्यका साथ सेनाले पृतना राख्ने निर्णय गरेको सैनिक स्रोतले बतायो । पृतनाले मधेसमा भइरहेका गतिविधिको सुक्ष्म निगरानी गर्नेछ ।

यो पृतना सेना संघीय संरचनामा गएसँगै थपिने छ । अहिले पाँच विकास क्षेत्रसहित काठमाडौं गरी ६ स्थानमा सेनाको पृतना रहेका छन् । नयाँ संविधानको ७ प्रदेशको संघीय संरचनाअनुसार मधेसमासहित अब दुई पृतना थपिने छ । दोस्रो पृतना काठमाडौंमा थपिने छ ।

सेनाको सुदृढीकरण गर्नको लागि गठन भएको अध्ययन तथा सिफारिस समितिले दुई पृतना थप्ने निर्णयसहितको रिपोर्ट रक्षामन्त्री वालकृष्ण खाँडलाई बुझाएको छ । र, छिट्टै क्याविनेटबाट निर्णय हुने मन्त्री खाँडको भनाई छ ।

सेनामा हाल दिपायल, सुर्खेत, पोखरा, हेटौडा, इटहरी र काठमाडौमा पृतनाको संरचना रहेको छ । सिफारिस समितिले तयार पारेको प्रतिवेदनमा प्रत्येक राज्यमा एउटा पृतना राख्ने प्रस्ताव गर्नुको साथै काठमाडौंमा पनि एउटा पृतना थप्नुपर्ने भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।