0 COMMENTS

timthumbमाघ २१, स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतको रिहाईको माग गर्दै प्रदर्शन गर्ने २१ जना युवाहरुलाई सिराहाबाट प्रहरीले पक्राउ गरेको छ । राउतमाथि लगाइएको मुद्दा फिर्तागरि रिहाइको माग गर्दै लहानमा प्रदर्शन गरेका उनका समर्थकहरुलाई पक्राउ गरेको हो ।

राउतलाई बिहीबार जनकपुरबाट पक्राउ गरी राज्यविरुद्धको संगठित अपराधअन्तर्गत मुद्दा चलाइएको छ । उनलाई जिल्ला अदालत सिरहाबाट शुक्रबार थप अनुसन्धानको लागि १० दिन म्याद थप गरी इलाका प्रहरी कार्यालय लहान राखिएको लहानका प्रहरी नायव उपरीक्षक राजकुमार के.सीले जानकारी दिएका छन् ।राउतले परापूर्वकालदेखि नै मधेश छुट्टै मुलुकभएको भन्दै नेपालबाट अलग पार्नुपर्ने अभिव्यक्ति दिएको र नारा जुलुश गरेको अभियोगमा प्रहरीले पटक–पटक पक्राउ गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।