0 COMMENTS

काठमाडौं२१,माघ०७३/ अशक्त व्यक्तिहरुले मर्न चाहेमा सोबमोजिम गर्न दिनका लागि कानुन बनाउन आदेश दिने वा नदिने भन्ने सम्बन्धमा छलफल गर्न सर्वोच्च अदालतले नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनसँग तीन जनाको दरले एमिकस क्युरी अदालती सहयोगी पठाउन आग्रह गरेको छ ।
न्यायाधीशहरु गोपाल पराजुली र चन्द्रशमशेर जबराको संयुक्त इजलासले सो अनुरोध गरेको हो ।मर्न चाहेमा उनीहरुलाई सोबमोजिम गर्न दिनका लागि आवश्यक कानुन बनाउन आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायार गरिएको थियो ।
सो बिषय गम्भीर प्रकृतिको भएको उलेख गर्दै सर्वोच्च अदालतले त्यस बारेमा छलफल गर्न एमिकस क्युरी पठाउन नेपाल बार र सर्वोच्च बारलाई अनुरोध गरेको हो । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।