0 COMMENTS

काठमाडौं२१ माघ०७३/ नेपाली सेनालाई आवश्यक हातहतियार, गोली गट्ठा र बन्दोबस्तीका सामान आफैं उत्पादन बढाउन सुरक्षाविज्ञले सरकारलाई सुझाव दिएका छन् ।

सेनालाई व्यवसायिक, सक्षम र आत्मनिर्भर बनाउन अल्पकालिन तीन वर्षे गुरूयोजना सिफारिस गर्दै उनीहरुले तत्काल सैनिक संख्या भने नबढाउन भनेका छन् । नेपाली सेनाको पुनः ढाँचा तथा सुदृढिकरण गर्न रक्षा मन्त्रालयद्वारा पूर्व कामु रक्षासचिव देवेन्द्र सिटौला संयोजकत्वमा गठित सिफारिस समितिले बिहीबार रक्षामन्त्री बालकृष्ण खाँड समक्ष सुझावसहितको प्रतिवेदन बुझाएको हो । आजको नागरिक दैनिकमा समाचार छ ।

सैन्य सामाग्री आयात कम गर्दै उत्पादन बृद्धि गर्न समितिको सिफारिस छ। नेपाली सेनाले रक्षा मन्त्रालयको अनुमतिमा आवश्यक हातहतियार, गोलीगट्ठा तथा अन्य सैन्य सामाग्री भारतलगायत देशबाट खरिद गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।