0 COMMENTS
krishna suvadi
कृष्ण सुवेदी भारद्वाज मित्र० बालअधिकारकर्मी 

 निश्चनै समाजसेवा भनौँ या विकास अभियान, सहयोग भनौँ या दान अर्थात योगदान जेसुकै होस् हामीलाई गतिलैसँग गर्न मनलाग्छ । हामीलाई विकास पनि सानो गरेर चित्त बुभ्mदैन, दान पनि थोरै के गर्नु जस्तो लाग्छ भने समाजमा योगदान पनि ठूलै गर्ने चाहना हुन्छ । यो स्वभाविक प्रक्रिया हो र यो मानवीय उदात्तता पनि हो । तर अर्को यथार्थता के हो भने हामी ठूलो गर्न सक्दैनौँ अर्थात पहुँच र परिस्थिति हुदैन । हामी सानो काम, सानो सेवा, सानो योगदान या साना अभियानलाई महत्व दिने गर्दैनौँ । अझ भन्ने हो भने हाम्रा दृष्टिमा सानासाना कामले ठूलो अर्थ राख्ने कुराको हेक्का नै हुँदैन ।

सानासाना अभियानले हाम्रो समाजमा ठूला उपलब्धीहरु हुन्छन् भन्ने कुराको हामीले लेखाजोखा राखेका हुदैनौँ र अभ्यास पनि गरेका हुँदैनौँ । ठूला मान्छेले ठूला काम गर्छन्, ठूलै अभियानमा संलग्न हुन्छन् र ठूलै योगदान गर्छन् भने हामी आफूचाँही किन सानोमा चित्त बुझाएर खुम्चने त ? हाम्रा दिमागमा यो र यस्तै सन्दर्भहरुले ठाउँ बनाइरहेका हुनेगर्दछन् । जानिनजानि हामीले यस्तै जीवनशैलीको अभ्यास गरिरहेका हुन्छौँ । हाम्रो यो अभ्यास पनि एकहदसम्म हाम्रो मानसिकतामा घर गरेर बसेको सामन्तवादको अवशेष नै हो । सामन्तवाद हाम्रो नशानशामा व्याप्त छ, समाजमा संस्कृतिका रुपमा ढसमस्स छ भने हाम्रो दिमागमा संस्कारका रुपमा परिपूर्ण छ । यसबाट फुर्सद पाउन अर्थात मुक्ति पाउन हामीले समाजमा सुसंस्कृतिको स्थापना र दिमागमा सुसंस्कारको जग बसाल्न जीवनपर्यन्त प्रयत्न गर्नुपर्दछ । सफल जीवन अर्थात समाजलाई आलोकित गर्न सक्षम जीवनपद्दतिका लागि ठूला कामका अभियान, अभ्यास या अनुशीलन मात्र हैन साना र सामान्य लाग्ने कुराहरुलाई पनि राम्ररी परिपालना गर्न सक्नु पर्ने हुन्छ ।

यस्ता साना तर ठूलो प्रभाव निर्माण गर्ने सम्भावना भएका कुराहरुको चर्चा परिचर्चा पनि कमै मात्र हुने हुनाले त्यस्ता सन्दर्भहरुको केही चर्चा गर्न यहाँ प्रयास गरिएको हो । स्थानीय रुपमा क्रियाशील युवाहरुका क्लबहरु, महिला समूहहरु, विद्यालयमा आधारित तथा समुदायमा आधारित बाल क्लबहरुका साथै अरु सुधार समितिहरुलगायत सामाजिक अभियानमा संलग्न संघसंस्थाका साथसाथै व्यक्तिहरुलाई पनि थारैमात्र भए पनि यस्ता साना र मामुली देखिने तर नवस्थापनाका अपेक्षामा प्रस्तुत सामाजिक आचारविचारका कुराहरुप्रति ध्यान पुगोस र असर गरोस् भन्ने यो आलेखको अभिप्राय हो । सरकारी गैरसरकारी अभियानहरुमा पनि यहाँ उठाउन खोजिएका साना सवालहरुले ठाउँ पाउँन् र उनीहरुबाट केही प्रतिक्रिया पनि होस् भन्ने पनि चाहना हो । अझ राज्य तहबाट पनि यस्ता साना सवालहरुलाई समुचित रुपमा ग्रहण गर्दै आचारसंहिताहरुको निर्माण गर्ने प्रयत्नहरु होस्, कानूनी प्रावधानहरुको व्यवस्था गरी केही वाध्यात्मकताको पनि वातावरण निर्माण गरियोस् ।

त्यस्तै गरी पाठ्क्रममा समावेश गर्दै भावि पुस्तालाई प्रशिक्षित गर्नेलगायतका कर्म गरी आवस्यक रेस्पोन्स होस् भन्ने सद्भावनापूर्ण हेतुका साथ यहाँ प्रस्तुत हुन चाहन्छु । यस आलेखमा चर्चा भएका सन्दर्भहरु पाठकहरुलाई परम्परागत रुपमा एकीकृत र व्यवस्थित नलाग्न सक्छ, कुनै प्रामाणिक विधागत स्वरुपमा यो आलेख नहुन सक्छ र यसमा प्रयुक्त सन्दर्भ र विषयहरु ज्यादै मामुली र मसिना लाग्न सक्छन् । तथापि यहाँ चर्चा गरिनलागेका सन्दर्भहरुमा केही नविन सवालहरुका रुपमा स्वीकार गरिएमा, साना भनेर महत्व नदिइएका सवालहरु पनि केही महत्वका साथ लिन थालिएमा र आडम्बर र अहमलाई थोरैमात्र पनि त्याग्न प्रेरणा मिलेमा म आप्नो समयको सदुपयोग भएको मान्ने छु र कृतकृत्य हुनेछु । पुनःप्रयोगका सम्भावनालाई सदुपयोग गरौँ कुनै पनि वस्तु प्रयोग गर्न मिलेसम्म प्रयोग गरौँ र पुनःप्रयोगका सम्भावनालाई अत्याधिक सदुपयोग गरौँ ।

यो सन्दर्भ पनि सानो सन्दर्भ जस्तो लाग्दछ । मान्छेका ठूला र वजनदार दायित्वहरुका चाँङमा यो सवाल धेरै सानो पनि हो । यस प्रशङ्गमा एउटा चल्तीको बालगीत पनि संस्मरण गर्न लायक छ । थोपाथोपा मिलीकन नदी बन्ने गर्छ नदीहरु मिली यहाँ सागर हुने गर्छ  हाम्रा भान्साबाट निस्कने जैविक फोहरमैलालाई मल बनाएर आप्नै बारी, बगैँचा या गमलाहरुका लागि प्रयोग गर्द सक्छौँ । हामी कत्तिबिग्न निर्बुद्धि रहेछौँ विचार गरौँ त  हामी आप्नो भान्साबाट निश्रित अर्गानिक मल प्याकिदिन्छौँ या पैसा तिरेरै फोहर लानेलाई दिन्छौँ अनि फेरि पैसा खर्च गरेर रासायनिक मल किनेर आ्ना बारी बगैचा या गमलामा हाल्छौँ र माटो सत्यानास बनाएर बिगार्छौँ । के यो हाम्रो बौद्धिक दरिद्रताले सिर्जना गरेको दुर्गति हैन र ? हाम्रो राजधानीको फोहरलाई मोहरमा फेर्न नजानेर ठूला समस्या उत्पन्न भएका कुरा हामीले सुनेका, देखेका र बेहोरेका छौँ ।  माटामा गलेर नजाने, माटामा मिल्न नसक्ने कुनै पनि वस्तुलाई माटामा नप्याक्ने कुरा सानो कुरा हो तर त्यसको महत्व निकै ठूलो हुनेगर्दछ । हामीले यस बारेमा अभियान चलाउन सक्छौँ, त्यसो गर्न नसकेमा हामी आपूले आप्ना हातबाट यस्तो कर्म गर्ने छैन भनेर प्रतिज्ञा गर्न सक्छौँ ।

यो सानो सन्दर्भले भविष्यमा हामी र हाम्रो अभियानलाई ठूलो दायरामा पुर्याउन सक्छ । ड्ड तपाईहरुलाई नौलो लाग्नसक्छ तर प्रयास गरेर त हेर्नुस् । दूध, दही, तेल घिउका थैला, तेल या पानीका बोतल, चप्पल अनि कतिपय जुत्ताका तलुवाहरुलगायतका पुनः प्रयोगमा आउने प्लाष्टिक या रबरका सामगृहरु कवाडीमा लगेर बेच्न या त्यस्ता सङ्कलकहरुलाई दिने गरौँ । सकिन्छ र फुर्सद छ भने आफैँले बोकेर, आप्नो बाइक अथवा कारमै राखेर त्यस्ता सामग्रीहरु कवाडी पसलसम्म पुर्याएर बिक्री वा विशर्जन गर्ने नियमित अभ्यास गरौँ । ड्ड नफाटेका पुराना कपडाहरुलाई प्राकृतिक विपत्तिका बखत या त्यस्तै अरु अवस्थामा अप्ठेरो अवस्थामा परेकाहरुलाई दिन मिल्ने गरी सुरक्षित राख्ने बानी गरौँ । त्यसरी थन्क्याउँदा ती कपडाहरु धोइवरि आइरन लगाएर व्यवस्थित रुपमा पट्याएर राख्ने गरौँ ।

अझ व्यवस्थित गर्नका लागि प्लाष्टिकका थैलामा राख्ने । कपडाका लागि लेवल पनि बनाउँने र त्यसैमा राख्ने । लेवलमा कपडाको प्रकार, कुन उमेरका लागि ठिक हुने हो र ?पुरुष वा महिलाले प्रयोग गर्ने हो ? त्यसको जानकारी पनि राख्न सकेमा पछि वितरण गर्ने अवस्थाका लागि ज्यादै उपयोगी हुनेगर्दछ । नजानेमा कागज पनि समस्या हो व्यवस्थित गर्न नसकेका अवस्थामा कागज पनि हाम्रो समाजको एउटा समस्या हो । महत्वपूर्ण कागजातहरु राम्ररी थिति गरेर थन्क्याउनु जत्ति महत्वको काम हो काम नलाग्ने कागजको समुचित व्यवस्थापन गर्नु पनि त्यत्ति नै महत्वको कर्म हो ।

हामीले त्यसलाई अर्थात पछिल्ला कामलाई आवस्यक महत्व दिन सकेका छौनौँ कि रु काम नआउँने कागजातलाई पनि श्रेणिगत रुपमा छुट्याएर केही पुनप्र्रयोग गर्न छुट्याउने, केही कवाडी या सङ्कलकलाई पठाउने गर्न सक्छौँ भने केही कामै नलाग्ने कागजहरुलाई हामी जलाएर पनि खरानीलाई मलका रुपमा प्रयोग गर्न सक्दछौँ । कागजात जलाउँदा भने केही ध्यान पुर्याउनु पर्नेहुन्छ । त्यो भनेको हामिले त्यस्ता कागजात जलाउँदा धुवाँले अरुलाई असर नगरोस भन्ने कुराको पनि ख्याल राख्नु पर्छ । त्यसैले सकेसम्म हामीले त्यो जलाउने काम बिहान सबेरै गर्नु पर्छ र सहरीक्षेत्रमा त छतमा जलाउने ठाउँ बनाउन सकेमा राम्रो हुन्छ । ध्यान दिनुपर्ने अर्को कुरा के हो भने त्यसरी जलाउँदा रबर र प्लाष्टिक भने जलाउनु हुँदैन । त्यसले वायुमण्डलमा ठूलो प्रदूषण गर्दछ । प्लाष्टिकका झोलाकोे विकल्प प्लाष्टिकका झोला प्रयोग नगरौँ भनेरमात्र हाम्रो समाजमा सुधार आउँदैन हामीले त्यसको विकल्प दिन सक्नुपर्छ ।

हामी नै उदाहरण बनेर बास्केट या कपडाका स्थायी झोला बोकेर बजारमा निस्कने गरौँ । त्यसो गर्नमा समाजको भलो छ भन्ने ज्ञानलाई सबैमा पुर्याउन प्रयास गरौँ । समाज बदल्न चाहनेले पहिला आफू बदलिन सक्नुपर्दछ त्यसैले आफैँ पनि त्यसो गर्नमा लाज नमानौँ । त्यसो गरेर मैले समाजलाई राम्रो उदाहरण दिँदैछु भन्नेमा गर्व गरौँ । कुनै अवस्थामा प्लाष्टिकका झोला प्रयोग गर्न परेमा पनि त्यसलाई पुनप्र्रयोग गर्न मिल्ने गरी खन्याएर सुरक्षित रुपमा राखौँ, आप्नैलागि पुनःप्रयोग गरौँ अथवा पसलमै फिर्ता गर्ने अभ्यास गरौँ । हाम्रा सडकलाई माया गर्न थालौँ हाम्रो घर, टोल अनि समाजलाई हामीले माया नगरे कसले गर्छ रु हाम्रो समाजमा हामीलाई सुबिधा गर्न भनि निर्मित सडकहरु राम्रो भएमा त्यसको उपभोग गर्ने त हामी नै हौँ । त्यसैले त्यसको रक्षा र सुरक्षा पनि त हाम्रो दायित्व हो नी हैन र रु पीच सडकको आयु छोट्याउने हो भने त्यसमा निरन्तर पानी हालिदिनु पर्छ ।

त्यसको दीर्घायूको कामना गर्ने होभने, पीचसडकमा पानी नपोखौँ । साना बजारहरु र सहरीक्षेत्रका छेउछाउका सडक तथा गल्लीहरुमा रहेका साना चियापसल, मानातिना मासु बेच्ने पसल अनि भट्टीपसलहरुले भाडा धोएका, तरकारी पखालेका या अरु कुनै पनि प्रकारका प्याक्नु पर्ने पानीलाई पिच सडकमा प्याक्ने गरेको पाइन्छ । यो कर्मलाई उनीहरुको अज्ञानताले सुकर्म ठानिरहेको पनि हुन्छ । सडकमा उडने धूलो नियन्त्रण गरेकोमा हामीले ठिकै काम गरेका छौँ भन्ने भ्रम पालेका हुनसक्छन् । तर त्यो कामले हाम्रो सडकको पीचको आयु छोट्याउँछ, जुठो र फोहर पानीले समाजमा रोगव्याधी फैलन सक्छ र प्रत्यक्षमा पनि बाटो गनाउने हुन्छ । अझ भुक्किएर बेलाकुबेला बाटो हिँडदै गरेका बटुवा या सवारी साधनलाई पर्न पनि सक्छ ।

यो कामलाई खराब हो भन्ने कुरा हामीले बुझउनु र त्यस्तो खराब काम गर्नबाट रोक्न सक्नु पर्दछ । पेटीलाई संरक्षण गरी सडक यात्रा सुरक्षित बनाऔँ सडकमा बनेका घर, पसलहरुले छाडेका पेटीलाई मान्छे हिडन हुने रुपमा विकास गरी सडक यात्रा सुरक्षित बनाऔँ । पैदल यात्रीका लागि भनि छाडिएका पेटीहरुमा अज्ञानता अत्याधिक लोभका कारणबाट घरवालाहरुले आफैँ प्रयोग गरिरहेका या भाडा उठाएर अरुलाई प्रयोग गर्न दिइरहेको अवस्था हाम्रा टोलहरुमा विध्यमान छ । कतिपय घरपसलका पेटीहरु अपाङ्गमैत्री ९ह्वीलचियर चलाउन मिल्ने० त टाढाकै कुरा साधारण मान्छे पनि हिँडडुल गर्न पनि नमिल्ने अवस्थामा छन् । कुनै घर पसल अग्ला छन् भने कुनै होचा छन् । कतिपय पेछीहरुलाई सिँडीका रुपमा घरधनीले नै प्रयोग या दुरुपयोग गरिरहेका छन् ।

सचेतना, बल प्रयोग र कानुनी वाध्यात्मक परिस्थिति निर्माण गर्दै हामीले ती पेटीहरु समाजका अपाङ्ग, बालबालिका र सर्वसाधारणका निम्ति सहज प्रयोग गर्ने वातावरण निर्माण गर्नुपर्छ । त्यस साना कामले हाम्रा सडकहरु सवारीसाधनका लागि सहज हुनेछन्, ट्राफिक नियमको परिपालनामा पनि बल पुग्नेछ भने पैदल यात्रीहरुका लागि सुरक्षित र हाम्र टोलका सडक अपाङ्गमैत्री पनि हुनेछन् । कुकुर डुलाउनेलाई सचेत पारौँ हामी हाम्रो सहर, गाउँ टोललाई खुला दिशामुक्त क्षेत्र भन्न थालेका छौँ तर हाम्रा सडक, चोकहरुमा हाम्रा छिमेकीहरु आप्ना पाल्तु कुकुर डोर्याउँदै ल्याएर दिशा गराउँछन् । उनीहरु आप्ना पाल्तु कुकुर डोर्याउँदै हिडनुमा आफू निकै रइस भएको पनि अनुभूत गर्दछन् । यताउती हेर्दे कुकुरलाई सडकका छेउछाउ, पार्कको कुनाकानी या बिजुलीका पोलको छेउतिर दिशा, पिसाब गराउँछन् । ती हाम्रा समाजका रयिस हुँ भन्ठान्नेहरुलाई सभ्य समाजको चलन थाहा नहुन पनि सक्छ ।

वातावरणीय कानून र त्यसको परिपालना राम्रो भएका सभ्य सहरहरुमा त्यसरी आप्ना पाल्तु जनावरले उत्सर्जन गर्ने फोहरमैलाको पूर्ण जिम्मेवारी सम्बन्धित व्यक्ति नै हुनेगर्दछ । सडक, पार्कहरुमा ती उत्शर्जित फोहरमैलाहरु आफैँले जिम्मेवारीपूर्वक सफाई गर्ने र आफैँसँग लगेर खास ठाउँमा विसर्जन गर्ने गरिन्छ । त्यसरी समाजप्रतिको आप्नो दायित्व पूरा गरेकामा त्यहाँका नागरिकहरुले गौरबवोध पनि गरेको मैले पाएको छु । आप्नै आँखाले देखेको छु । हाम्रो समाजमा भने मान्छेहरु आप्ना पाल्तु कुकुर डोर्याउँदै हिडनुमा आफू निकै ठूलोबडो भएको पनि अनुभूत गर्दछन् । र जथाभावि सडकमा, पेटीहरुमा, सार्वजनिक पार्क तथा चौरहरुमामात्रै हैन कि अर्काका खाली जग्गाहरुमा फोहर गराउँदै हिँड्दछन् ।

तिनीहरुमध्ये कतिपय मुर्ख रयिसहरुलाई आफूले समाजमा खराव काम गरिरहेको छु भन्ने ज्ञान पनि हुँदैन भने कतिपयलाई आफूले गलत काम गरिरहेको छु, केगर्ने समाज यस्तै छ भन्ने लागेको हुनसक्छ अझ कतिपय स्याडिस नेचरका तथाकथित ठूलाबडा भनाउँदा ती कुकुर डुलाउनेलाई त म यो समाजको उपल्लो वर्गको मान्छे हुँ मैले त यो समाजलाई हेप्न सक्नु पर्दछ र त्यसैमा नै म यो समाजका अरुभन्दा पृथक देखिनसक्छु भन्ने कुबुद्धिले भरिएको दिमाग हुनेगर्दछ । हामीले ती कुकुर डुलाउने तीनै प्रकारका मुर्खहरुलाई उनीहरुका हैसियत अनुसारका शिक्षा र जानकारीहरु प्रदान गर्दै सचेत पार्न र खबरदारी गर्न सुरु गरौँ ।

बाटोघाटो र सार्वजनिक स्थलमा फोहर नगरौँ हामीलाई फोहर भन्नासाथ दिशापिसाव, भान्साका जुठोआदिको मात्र सम्झना हुन्छ । त्यसका बारेमा त धेरै चर्चा भइसकेका छन् र त्यसको उत्शर्जनका बारेमा हाम्रो समाजमा सचेतना पनि छ । भलै प्रयोग र परिशीलन समुचित र समाजमैत्री हुनसकेको छैन । तर यहाँ चर्चा गर्न लागिएको फोहरमैला भनेको कागजका टुक्रा, चकलेट, चुइगमका खोल, फोन रिचार्जका सानातिना कुपनहरु, चुरोट, खैनी, पानपरागआदिका बट्टा खोलहरु, त्यस्तै चाउचाउ, चिजबलआदिका खोल, कुनै गिप्ट या अन्य सामगृ प्याक भइआएका खोलहरु र बट्टाहरुका बारेमा हो । हामीले आजैदेखि माथि नाम लिइएका र त्यस्तै प्रकृतिका अरु चिजहरुलाई पनि फोहरका कोटीमा राख्ने र त्यसको समुचित व्यवस्थापन गर्ने बानीको विकास गर्न जरुरी भइसकेको छ । आप्ना हातबाट ती माथिका र तत्जन्य अन्य वस्तुहरु जथाभावि भूईमा नखसाल्ने प्रतिज्ञा गरौँ र अरुमा पनि यसका बारेमा सचेतना गराउने क्रम प्रारम्भ गरौँ ।

ध्वनी प्रदुषण पनि हाम्रो सरोकार हो हाम्रो टोलमा ध्वनी प्रदुषण कम गर्नका लागि प्रयास गरौँ । ध्वनी प्रदुषण पनि हाम्रो सरोकार हो । अनावस्यक हर्न बजाउनु हुन्न भन्ने सचेतना अभिबृद्धिका लागि प्रयास गर्न सुरु गरौँ । यस कामका लागि हाम्रो टोलसमाजमा ती जानकारीयुक्त साना सूचनाहरु राख्ने प्रबन्ध गर्न सक्छौँ । हामी सभ्य नागरिक हौँ बिरामी, बाल, बृद्ध, महिला, अशक्तआदिलाई सधाउने परोपकार गर्ने कुरा त हाम्रो नीतिशतकहरुमा सांस्कृतिक अभ्यासहरुमा धेरै पहिलादेखि नै लेखिए, श्रुति परम्परामा पनि आए, भनिए, सिकाइए र अनुशीलन पनि गरिए । अव नवीन परिवेशमा हाम्रो आचरण र व्यवहारहरु नवीन हुनु जरुरी छ अनि सभ्य र असल नागरिकअनुकूल हुनु जरुरी छ ।

सवारीसाधनहरुमा र सार्वजनिकस्थलहरुमा गरिने धुम्रपानका कुरा गलत हुन्, अशिष्ठता हो अव रोकिनुपर्छ भन्ने क्रम प्रारम्भ भएको छ । अझ हामी सभ्य हुन र सुसंस्कृत नागरिकका रुपमा आफूलाई उभ्याउन त्यसमा सवारीसाधनहरुमा चुइगम पड्काउने कुरा, सार्वजनिकस्थल तथा सवारीसाधनहरुमा ठूलो स्वरमा आप्ना कुरा गर्ने र अरुलाई दिक्क लगाउने गर्नु हुँदैन भन्ने कुराहरु पनि थप गर्नु आवस्यक छ । हामीले अव विश्वपरिदृष्यमा आफूलाई प्रतिश्पर्धी र योग्य नागरिक सावित गर्नका लागि आपसमा अभिवादनको आदानप्रदानमा आम प्रचलनका रुपमा हार्दिकता बढाउनु पर्ने कुरा, जोसुकैसँग पनि शिष्ठभाषाको प्रयोग र मुस्कानमा कञ्जुसी नगर्ने कुरा पनि जीवन पद्धतिका रुपमा अङ्गिकार गर्दै जानुपर्ने देखिन्छ ।

हामीले अपनाइआएका पशुपालन, कृषि पेशासहितको ग्राम्य जीवनका परिवेशमा हिजोको हाम्रो संलग्नता भनेको खेत, बारी, जङ्गल, खोला खर्कहरु हुन् । त्यहाँ थुक्ने खकार्ने कुरा सामान्य थिए । अव हामी त नगर र आधुनिक गाउँहरुमा बस्ने सभ्य नागरिक हौँ । त्यसैले हाम्रो आचरण र व्यवहारहरु पनि सभ्य र असल नागरिकअनुकूल हुनु जरुरी छ । अतः हाम्रा आचरण र व्यवहारहरुमा युगानुकूल परिमार्जन गरौँ हाम्रो यो सश्यश्यामला धरती र यसका सन्तान मान्छेजातीलाई सुसंस्कृत, सभ्य र सुन्दर बनाऔँ । २ अप्रिल २०१४ ‘मित्रवास’ सिर्जनाबस्ती, कपन– १, काठमाडौँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।