0 COMMENTS

 काठमाण्डाै१९ माघ०७३/जिल्ला कृषि विकास कार्यालयले किसानलाई ९८ प्रतिशत अनुदानमा १५ हजार स्याउका बिरुवा वितरण गरेको छ ।
कृषिप्रसार कार्यक्रमअन्तर्गत जिल्ला कार्यालय र त्यस अन्तर्गतका सेवा केन्द्रबाट स्याउका बिरुवा वितरण गरिएको हो । स्याउ नर्सरीबाट रु ४० मा बिरुवा खरिद गरी किसानलाई दुई रुपैयाँमा बिरुवा उपलब्ध गराएको कार्यालयका प्राविधिक सहायक खेमराज शाहीले जानकारी दिए ।
व्यक्तिलाई १० वटा तथा समूहमा आउनेलाई ३० वटा बिरुवा उपलब्ध गराइएको छ ।

किसानको सहजता र स्याउ बगैँचा स्थापनामा सघाउ पुगोस् भनेर बिरुवा वितरण गरिएको शाहीले बताए । स्याउ आत्मनिर्भर कार्यक्रमअन्तर्गत कार्यालयलाई प्राप्त भएका ३३० निवदेनमध्ये प्रतिव्यक्ति १५० बिरुवा दिनेगरी १०० जनालाई छनोट गरिएको छ ।
‘छनोट भएका कृषकलाई खरिद मूल्यको ५० प्रतिशत कम मूल्यमा प्रति बिरुवा रु २० का दरले १५ हजार बिरुवा वितरण गरेका छौँ,’ उनले भने। यस वर्ष ३० हजार बिरुवा वितरण गरिएको छ । यस वर्ष जिल्लामा एक लाख ४५ हजार स्याउका बिरुवा उत्पादन भएको थियो । दर्ता भएका २८ स्याउ नर्सरीबाट एक लाख १० हजार तथा दर्ता नभएका नर्सरीबाट ३५ हजार स्याउका बिरुवा उत्पादन भएको कार्यालयले जनाएको छ । जिल्ला कार्यालयसँगै हाडसिङ्जा, नराकोट, तातोपानी र डिल्लीचौर सेवा केन्द्रबाट बिरुवा वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।