0 COMMENTS

ललीतपुर१८  माघ ०७३/ मोटरसाइकल चोर्दै, नम्बर परिवर्तन गरेर बेच्ने गिरोह पक्राउ । महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले मोटरसाईकल चोरी गर्दै नम्बर प्लेट परिवर्तन गरेर विक्रि बितरणमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोटरसाइकल चोरी विक्रि गर्ने ललितपुर मानिखेल गाविसका २४ बर्षिय राजु स्याङ्तान र भारत मोतिहारी घर भई हाल काठमाण्डौ वल्खु बस्ने २० वर्षिया राघव कुमार रजक वैठारहेका छन् ।उनीहरुबाट चोरीका चारवटा मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । माघ १७ गते दिउँसो ललितपुरको जावलाखेल स्थितमा सवारी चेकजाँच गर्ने क्रममा राघव कुमार वैठा पछाडी सवार रही राजु स्याङ्गतानले चलाएको बा ७८ प ४३२१ नं. को २२० सि.सिको मोटरसाईकलको कागजात माग गर्दा देखाउन नसकेपछि उनीहरु प्रहरीको फन्दामा परेका हुन् ।
प्रहरीले सोधपुछ गर्दा उल्लेखित मोटरसाईकल काठमाण्डौ कपनवाट बा ७४ प ७५८३ नंं को चोरी गरी बा ७८ प ४३२१ नंं को नम्बरप्लेट परिवर्तन गरी चलाएको पाईएको प्रहरीले पत्ता लगाएको थियो ।तत्कालै उक्त मोटरसाईकल सहित उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दै जाँदा विभिन्न मिति, समय र स्थानबाट अन्य मोटरसाईकलहरु समेत चोरी गरी विक्री वितरण गरेको खुल्न आएको ललितपुर प्रहरीले जनाएको छ ।
उनीहरुबाट प्रहरीले ना ३६ प ७५२६, बा ७६ प ७१७७, नम्बरको पल्सर मोटरसाईकल,
ना ३६ प ७१०८ नं र परिवर्तित नं.बा ७८ प ४३२१ (वास्तविक नं. बा ७४ प ७५८३) कोे मोटरसाईकल बरामद गरेको छ । साथै प्रहरीले बरामद गरेका मोटरसाईकलहरु कसैको भएमा प्रमाणसहित परिसरमा सम्पर्क राख्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।