0 COMMENTS
Capture
मोहम्मद अजमत अलि साह

काठमाण्डाै१७,माघ०७३/ आकर्षक तलब सुबिधा, खाने तथा बस्ने ब्यवस्था समेत छ भनि प्रलाेभन देखाउदै विभिन्न कम्पनीहरूको नक्कली डिमाण्ड लेटर देखाई कतार लगायत खाडी मुलकहरूमा  रोजगारीमा पठाई दिन्छु भन्दै  राहदानी संकलन गर्दै प्रति व्यक्ति रु १ लाख १० हजार देखि ३ लाख सम्मको रकम उठाई ठगी गर्दै हिड्ने धनुषा जील्ला मिथिलेश्वर गा.वि.स. वडा नं. ९, महुवाई घर भई हाल  ललितपुर जिल्ला नकबहिल बस्ने बर्ष २९ को अमन भन्ने मोहम्मद अजमत अलि साहलाई केन्द्रीय अनुसन्धान व्यूरो, महाराजगन्ज बाट खटि गएको प्रहरी टोलीले मिति २०७३/०९/२९ गते लुकिछिपी बसिरहेको अवस्थामा ललितपुर सानेपाबाट पक्राउ गरी हाल सम्म ८७ जना पिडितहरुबाट जाहेरी दरखास्त लिई निज बिरुद्ध जिल्ला अदालत काठमाण्डौबाट ठगी मुद्धामा म्याद लिएर थप अनुसन्धान  कार्य भईरहेको ।

  • अनुसन्धानबाट खुल्न आएका कुराहरू :-
  • निज अमन भन्ने मोहमद अजमत अलि साहको डेरा कोठाबाट ३ थान भारतीय राहदानी र १७७ थान नेपाली नागरिकहरूको राहदानी समेत वरामद भएको।
  • गाऊँका सोझा सिधा ब्यक्तिहरूलाई बैदेशिक रोजगारको सुन्दर सपना देखाई ठगी गर्ने।
  • विश्वास दिलाउन नक्कली कागजात बनाई राहदानी लिई स्वास्थ्य परिक्षण समेत गराई नगद लिई ठगी गर्ने गरेको।
  • बिदेशी कम्पनीको नामको डिमाण्ड लेटर, भिषा जस्ता नक्कली कागजातहरू आफै बनाई बिदेश जाने ब्यक्तिहरूलाई रकम ठगी गर्ने गरेको।
  • पिडितहरूले आफ्नो राहदानी र रकम फिर्ता माग्दा उल्टै डर धम्की देखाई थप रकम माग गर्ने गरेको।
  • पिडितहरूबाट रकम लिए पश्चात सम्पर्क बिहिन हुने गरेको।
  • निज अमन भन्ने मोहम्मद अजमत अलि साह कुनै आधिकारीक बैदेशिकरोजगार व्यवसायी तथा प्रतिनिधी समेत नरहेको।
  • ८/९ महिनामा पिडितहरूकै नामबाट सिम कार्ड निकाली १५ वटा भन्दा बढी मोवाईलको सिम प्रयोग गरेको पाईएको।
  • हाल सम्म ८७ जना पिडितहरू सम्पर्कमा आई सकेको र थप पिडितहरू आउने क्रम जारी रहेको।
प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।