0 COMMENTS

काठमाडौं१८, माघ०७३/ राष्ट्र बैंकले सुन आयातको कोटा बढाएर दैनिक २० किलो आयात गर्न पाउने निर्णय गरेको छ ।

सुनको माग अत्यधिक बढेर बजारमा कालोबजारी बढ्न थालेपछि कोटा बृद्धि गरिएको हो । वाणिज्य मन्त्रालयले सहमति जनाएपछि राष्ट्र बैंकले औपचारिक रुपमा कोटा बढाउने निर्णय गरेको हो ।यसअघि दैनिक १५ किलोमात्रै ल्याउन पाउने व्यवस्था थियो ।

राष्ट्र बैंकले सुन आयात गरेर व्यवसायीलाई विक्री गर्ने अनुमति वाणिज्य बैंकलाई मात्र दिएको छ । वाणिज्य बैंकहरुले पालैपालो दैनिक १५ किलो सुन आयात गर्न पाउँछन् । –कान्तिपुर दैनिकबाट

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।