0 COMMENTS

 काठमाडौं १७ माघ०७३/व्यवस्थापिका संसदले निर्वाचन कसुर तथा सजायसम्वन्धी विधेयक पास गरेको छ ।

सोमबार बसेको संसदको दोस्रो बैठकले यो विधेयक पास गरेको हो । पहिलो बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि अनुपस्थित भएपछि विधेयक पेश हुन सकेको थिएन ।सम्वन्धित मन्त्री नै अनुपस्थित भएपछि सभामुख ओनसरी घर्तीमगरले यसलाई कार्यसूचीबाट हटाएकी थिइन् र, संसदको दोस्रो बैठक राखेकी थिइन् ।

संसदले निर्वाचनसम्वन्धी दुई विधेयक यसअघि नै पास गरिसकेको छ । अब राजनीतिक दल र स्थानीय निर्वाचनसम्वन्धी विधेयक पास हुन बाँकी छ ।थ्रेस होल्डसहितका विषयमा राजनीतिक सहमति नजुट्दा राज्य व्यवस्था समितिले यो विधेयक संसदमा पठाएको छैन । प्रमुख दलहरु तीन प्रतिशत थ्रेस होल्डको पक्षमा देखिएका छन् । तर, साना दलहरुले विरोध गरेका छन् ।राज्य व्यवस्था समिति अन्तरगत उपसमितिका सभापति आनन्द ढुंगानाले विवादित विषयमा आफूहरु सहमति नजिक रहेको र अबको बैठकले निर्णय लिने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।