0 COMMENTS

काठमाडौं १७ माघ०७३/ सत्ता साझेदार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनाव गर्न नदिने मनस्थितीमा प्रधानमन्त्री आफै देखिएको आरोप लगाएका छन् । उनले भने,मधेसी मोर्चाको सहमति पछि मात्रै निर्वाचनको मिति घोषणा गर्छु भन्नुले प्रधानमन्त्री आफै चुनावका लागि बाधक देखिन्छन् ।

दक्षिण कोरिया भ्रमणसकेर आज स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस नेता पौडेलले निर्वाचनलाई पहिलो प्राथमिकतामा राख्न सरकारसँग पुनः आग्रह गरे । साथै माघ २५ गतेभित्रै निर्वाचनको मिति घोषणा गरिसक्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।