0 COMMENTS

सुनसरी, १७ माघ०७३/आफ्नै छोराले छुरा प्रहार गर्दा धरान उपमहानगरपालिका–१५ पतनजली मार्ग बस्ने ४४ वर्षीय अटुराज कार्कीको मृत्यु भएको छ ।
उनलाई आइतबार उनकै २२ वर्षीय छोरा साईमन कार्कीले सामान्य बादबिबादमा पेटको बायाँ साईट र छातीमा छुरा प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि धरान घोपा अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
छुरा प्रहार गर्ने फरार साईमनको प्रहरीले खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।